मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
दिदी माइत आऊ है
kbs — Sun, 09/05/2010 - 17:08
यसपालीको तीजमा दिदी माइत आऊ है
आटो पिठो जो भएको पकाई खाऊ है
विदेशिएँ दिदी म त साहुको ऋण बोकी
सकिएन ऋण तिर्न गाँउमा हलो जोती
आटो पिठो सुको रोटो मिठो मनि खाँदा
मन रुन्थ्यो पियारीले साहुका भाँडा माझ्दा
सानो छोरो महाजनकै गाई-गोठालो दिए
घर बसी सधै भरि आँसु मात्र पिए
यसपालीको तीजमा दिदी माइत आऊ है
आटो पिठो जो भएको पकाई खाऊ है ।
खुशी साँट्न पाउला भनी परदेश लागें
हिड्ने बेला बाटो खर्च साहुसँगै मागें
उसासौला घर खेत सानो छोरोलाई
सपना साँची बाटो लागे दु:खी मन बुझाई
पैसा फाल्ने रुख मैले काँही पाइन
साहुको ऋण नचुकाई आउनु भएन
यसपालीको तीजमा दिदी माइत आऊ है
आटो पिठो जो भएको पकाई खाऊ है ।
जो जुटेको पकाएर उनलाई पनि दिनु,
सबैलाई भागलगाई संगै बसी खानु
अर्को अर्को साल चहि साने लिन आउछ,
यसपाली त साने पनि साहुको घर गा छ
के गर्नु र दिदी हाम्रो भाग्य यस्तै रैछ
बर्ग भेदी समाजले नगर्नु गरिरा'छ
यसपालीको तीजमा दिदी माइत आऊ है
आटो पिठो जो भएको पकाई खाऊ है ।
बुढी आमा रुदै होलिन बसी मझेरीमा
परदेशीको बाटो हेरी रात अँधेरीमा
सम्झी बुझाई गरि दिनु मेरी आमालाई
तीजमा लिन नआउनु है भन्नु मामालाई
आमाले नि घर छोडे ओढार त्यो होला
ठुले पनि एक्लो भइ नमज्जाले रोला
यसपालीको तीजमा दिदी माइत आऊ है
आटो पिठो जो भएको पकाई खाऊ है
फर्किएर आउछु दिदी साहुको ऋण तिरी
बसेको छु परदेशमा मन मुटु चिरी
सुको रोटो जे भए नि दर मानेर
मनाउनु है तिज दिदी खुशी बाडेर
यसपालीको तीजमा लिन आउन सकिन
चुहिलेको घरको छानो छौं सकिन
यसपालीको तीजमा दिदी माइत आऊ है
आटो पिठो जो भएको पकाई खाऊ है ।
नहेर है दिदी बाटो आएन भनेर
नभन है भाइले माया मार्यो भनेर
परदेशमा भए पनि मनमै राखेको छु,
यो मुटुमा अजम्बरी माया साचेको छु,
कसो गरी भुल्छु र म एकै कोख हाम्रो
टाला टुली बटुली त्यो खेल्या खेल राम्रो
यसपालीको तीजमा दिदी माइत आऊ है
आटो पिठो जो भएको पकाई खाऊ है ।
तीर्थ "यात्री" पौडेल
लखनपुर ३ झापा नेपाल
हाल:बहराइन
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
19 min 29 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 46 min ago - hlw
22 hours 26 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- परदेशी छोरीछोरालाई चिठ्ठि
- तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना !!!!
- कहाँ छ ?
- बैशालु यो हावा आयो
- ओठै नचलाई बोल्थिन उनी
- ‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’
- दुखेको दिल
- सक्नुपर्छ माया गर्न टाढा को हुन्न र?
- नालापानी
- एउटा बूढो पहाड
- प्रभु, मलाई बचाउनु होस्!
- देवकोटासँग एउटा साँझको कायान्तरण
- सम्झनामा एक आत्मीय अग्रज
- परदेशीको सम्झना
- अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने
- यहाँ यस्तै छ
- भानु चेत जयन्तीमा बाहुन बनाइँदा
- कुरा चल्दैछ तिम्रो बारे
- डर लाग्छ
- रातो कोट

Post new comment