मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
साथी
Dasharatha — Wed, 09/08/2010 - 04:40
"मलाई किन फोन नगरेको ? अनि चिठ्ठी किन नलेखेको?" जुनुले मलाई भन्दै थिइन् । मैले पनि पसिनाको कमाइ सानो कोसेली बाँडिदिए । आफन्त दाङ्ग थिए । बर्षौपछि सबैसँग खुशी बाँडिरहें ।
"तिमीले मलाई यति माया गर्छौ । म तिमीलाई मेरो चेली बनाउँछु ।"
जूनु भन्थिन्, "मलाई माइतीको खाचो छैन ।"
मुग्लान जाँदा बाटो छेकेर रोकेकी अनि फर्कंदा कस्सेर अंगालेर "धन्य" भनिन् । सबैभन्दा खुशी उनैमा देखे, आखिर यो के साईनो हो? म पनि अझै भ्रममा नै थिएँ । मेरो बुझाई र उनको बुझाईमा प्रस्ट हुन खोजिन । कति जीवन भ्रममै पनि रमाइलो हुँदो रहेछ। सत्य तितो हुन्छ भनेर सत्यको खोजी मैले गरिन ।
जूनु मेरो हरेक दु:खसुखमा हुन्थिन्, आज पनि त्यो सम्बन्ध त्यस्तै लाग्यो । हाम्रो सम्बन्ध देखेर आमा पनि खुशी हुनुहुन्थ्यो । आमाले खुसुक्कै मलाई भनिन्, "छोरा यो सम्बन्धलाई अब मेरो घरमा फुलाउनु पर्छ ।"

एकछिन त म झसँग भएँ । फेरि आमाको इच्छा, यसैमाथि जूनुको म प्रतिको माया यो उपयुक्त सम्झें ।
एकान्तमा बोलें, "जूनु तिम्रो मायाले मलाई यो बोल्न वाध्य बनायो।"
"के ? के फेरि चेली ?" जूनु झर्किन् ।
"होइन, म तिमीलाई आमाको ईच्छा अनुसार मेरो अर्धाङ्गिनी बनाउन चाहन्छु ।"
"नाई नाई नाई" उन्ले मेरो मुख छोपिन् अनि चिच्याएर भनिन्, "तिमीले मलाई किन नबुझेको ? म तिम्रो प्रेम, प्यार होइन म त केबल साथी हो । प्रेम, प्रेमपछि बन्धन हुन्छ जुन बन्धन जेल हो । के तिमी मलाई जेलमा कोच्छौ । म त केबल आत्मीय साथी हो ।"
उनी रोइन्, कराइन् । सायद उनी ठुलो पीडामा थिईन्, भन्दै थिइन्- "जे नहोस् भन्थे त्यही भयो आज।"
माफ मागें । अब माफको के अर्थ ? बाचा गरिन् मेरो घर कहिले नआउने रे । फालिन् मेरा ती कोसेलीहरू । धिक्कारें आफूलाई अनि यो "साथी" लाई। यहाँ साथीको बहना गर्नेहरू मान्छेको भावना लुटेर जान्छन्, जिउँदो घाइते बनाएर जान्छन् । साथी र प्रेम शब्द फरक भए पनि सम्बन्ध किन उस्तै उस्तै ? म यो शब्दलाई घृणा गर्छु, जसले मेरो जीवनमा कालो दिन ल्यायो । मैले आमा अनि जूनु दुई नारीको मन हँसाउन सकिन ।
पुरै शरीर गले जस्तो भो। "के नारीको मन नारीले नै दुखी र सुखी बनाउँछ ?" आँफैलाई सोधें, "कि साथीलाई हेर्ने मेरो दृष्टि गलत भो ?"
| Attachment | Size |
|---|---|
| DasharatRumdali-01.jpg | 70.98 KB |
| DasharathRumdali.JPG | 6.29 KB |
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
16 min 39 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 43 min ago - hlw
22 hours 24 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
- "भाग्यको घाम डुबेछ "
- कसरी भनूँ म मनको कुरा यो
- मझधार
- गाजा र विस्फोटनका धुंवाहरु
- तेन्जिङ शेर्पाको सम्मानमा
- गजल
- त्यो भीडमा सिंढी चढ्दा
- म चाहन्न तिमीलाई अझै दुख दिन
- gazal
- जिन्दगीका सबै हारहरूमा अघि बढ
- परिवर्तन
- पश्चिमा प्रभाव
- गरीबको बस्ती
- युद्धले भुलेका बाँकी युद्ध
- प्रेम दिवस गीत
- कसको इच्छा पूरा गर्छौ बाबुराम ?
- गजल
- दाजु माफ गर्नुस
- तामाङ डाजाङको साहित्यिक गोष्ठीको १०१ औं शृंखला सम्पन्न

Post new comment