Skip to content

कुण्ठा सहें झर्ने आँसु


कुण्ठा सहें झर्ने आँसु पिईन त्यस बेला।।
दुख्ने घाऊ दुख्नैँ दिएँ सिईन त्यस बेला।

धेरै आए दया-माया देखाएर समीप।
कसैको नि कठैंबरा लिईन त्यस बेला।।

पीडा बिच्मा सल्किनैरह्यो जीवनको लक्ष्य।
चित्तामाथि यो शरीर खिईन त्यस बेला।।

सबैलाई सधैं-सधैं भलो गर्न यो मन।
दुख दिंदा पनि श्राप दिईन त्यस बेला।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *