Skip to content

तिमी राम्री सबै भन्दा


फूलभन्दा राम्री तिमी अँझ राम्री जून भन्दा
हिरा मोती परै राखौ धेरै राम्री सुन भन्दा

सारंगी र बिनायोको संगीत त उस्सै राम्रो
अझ राम्रो तिम्रो स्वर बाँसुरीको धुन भन्दा

ढकमक्क फुलेको त्यो जवानी त मनै चोर्ने
रुपै राम्रो सानु तिम्रो आनी बानी गुन भन्दा

संसार सबै त्याग्न सक्छु तिमीलाई पाउने भए
मर्न बरु बेस लाग्छ अरु को चै हुन भन्दा

सधैभरि तिमी मेरो अंगालोमा बस्ने भए
अंगालोमै कस्न राम्रो लुकिचोरी छुन भन्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *