Skip to content

आधा दर्जन हाइकु

  • by


(१)
मातेको मान्छे ।
समाउन खोज्दैछ ।
फुत्केको माछो ।।

(२)
ऐना अगाडि ।
युवती जिस्क्याउँछ ।
तीजको गीत ।।

(३)
सिँदुरे बट्टा ।
प्रेमिका फकाउँछ ।
खाली सिउँदो ।।

(४)
दक्षिणी मित्र ।
जे गरे नि छुट छ ।
पूर्खाको चलन ।।

(५)
कानुनी राज ।
गणतन्त्रको साथी ।
दण्डहीनता ।।

(६)
जिरे खुर्सानी ।
नुनसँग चोबेर ।
नयाँ नेपाल ।।

ज्यामिरे-८, खोटाङ
हाल: विराटनगर, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *