Skip to content

उप्काएर उही घाउ, दुखाएर रोएँ,

  • by


उप्काएर उही घाउ, दुखाएर रोएँ,
आँखाभित्रै आँसु, लुकाएर रोएँ ।

मस्तिष्कको पानाभरि, आइरहे यादहरू
ग्लानिले आफ्नै शिर, झुकाएर रोएँ ।

वहरभरि छरिए ती, मनका रहरहरू
रहरको मूल्य आज, चुकाएर रोएँ ।

गाँठो पारी राखेको थेँ, पलपल स्मृतिमा
तिनै गाँठा फेरि आज, फुकाएर रोएँ ।

हृदयमा फूलाएकाथ्यौ, रङ्गीचङ्गी फूलहरू
तिनै फूल फेरि आज सुकाएर रोएँ ।

हाल ः त्रिवि कीर्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *