Skip to content

साली सम्झँदै छु


परदेशमा बसे पनि काली सम्झँदै छु
ससुराकी कान्छी छोरी साली सम्झँदै छु ।

लजाएर बोल्थी सदा ओठ टोकी टोकी
लोभ लाग्दी जीउ भा’की डाली सम्झँदै छु ।

सम्झनामा टोलाउँथी मलाई नदेखेर
कस्ती भई होला सिउँदो खाली सम्झँदै छु ।

जान्छु भन्थी घुर्की लाउथी, पर्खी बस्छु भन्थी
साली-भेना सँगै बस्ने पाली सम्झँदै छु ।

तीर्थ “यात्री”पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल:बहराइन,

3 thoughts on “साली सम्झँदै छु”

  1. साँची यो गजल साली लै झटारो हो
    साँची यो गजल साली लै झटारो हो नि होइन र तिर्थ जी जे होस् सारै मिठो छ //

Leave a Reply

Your email address will not be published. Required fields are marked *