झ्यालको
पारदर्शी काँच बाहिर
एकनासे झरीसँग
रात बहिरह्यो ।
भित्ता बाहिरको खोपामा
बास बसेको परेवा
साथ छुटेर हो
वा एक्लोपनामा
घरिघरि
सुस्ताउँदै घुरिरह्यो ।
एक्लै ब्युँझिरहें
चिसिएको नितान्त एक्लोपना
कोठाभित्र पनि पोखिएको छ
सोहोर्न सकेकी छैन
हरेक क्षण चिसिँदै यो
झन्झन् कठोर जमिरह्यो ।
उमेरका अनगिन्ति घुम्तीपछि पनि
अझै उकालो छ
अझै भीरपाखा
आफ्ना विनाका अपरिचित बाटा
अझै कष्टकर छन् ।
भेटिएका अनुहारहरू
परिचित लाग्छन् मात्र मेरो भ्रम
भेटघाटपछि पनि अपरिचित झैं
तर्किएका फर्किएका छन् पदचापहरू ।
मान्छेहरूको लश्करमा मान्छे खोज्दै
भीडभित्र एक्लिएको छु ।
आँखामा थुनिएको ब्याकुल समुद्र
बगाउन चाहन्छु
यी छालहरूमा
झुण्ड झुण्ड भीडहरू बगुन्
बालुवामा बनेका डोबहरू पखालिउन्
उपहासपूर्ण कोलाहल टाढिउन् ।
निस्तब्ध सुनसान रातमा
सम्झनाको भीडभित्र
तातो नीरभित्र
चिसिएको एकान्तसँग
एक्लो म ।
माथि उल्लेख गर्नुभा’ झ्याल
माथि उल्लेख गर्नुभा’ झ्याल चाहिं सायद अन्तर्बार्ता कुरा निकाल्नुभा’कै झ्याल होला । एक्लै टोहोलाउँदा मनभित्र खेल्ने ताना कतिकति, तर हुबहु शब्दमा थुपार्न चाहिं कठिन नै हो! सोचनीय शब्दहरूको लागि धन्यवाद छ!
कवयित्री शुश्माका रचनाकाअनुपम
कवयित्री शुश्माका रचनाकाअनुपम शब्द संयोजन र छताछुल्ल पोखिएका भावनाहरुले साहित्य अनुरागी मनहरुलाई तृप्त र हृदयहरुलाई आल्हादित बनाउछ
शुष्मा जि! एक्लो म
दिन हरु
शुष्मा जि! एक्लो म
दिन हरु यसरि बिताउछ कोही ?
मानौ भारी रिनको ब्याज बुझाउछ कोहि
धेरै बेर देखी गुन्जन्छ शुन्यता
मानौ, लगातार मलाई नै बोलाउछ कोहि
दिन हरु यसरि बिताउछ कोही ?
ऐना हेर्दा मन अलि सित्तल हुन्छ
मानौ, नया साथी मलाई चिनाउछ कोहि
दिन हरु यसरि बिताउछ कोही ?
[email protected]