मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
म अमेरिकी थामी
kbs — Mon, 09/20/2010 - 05:30
मार्टिन चौतारीको सानो हल । भुइँमा हरियो रङको कार्पेट । त्यस माथि स-साना पिर्के चट्टाचकटी । चट्टा माथि पलेटी कसेका २५-३० जना जति थामी । अगाडि छ, सेतो पर्दा । प्रोजेक्टरको सहायताले पर्दामा दृश्य दौडिरहेको छ । त्यही दृश्य हेर्न मग्न छन्, पलेँटी कसेका सबै थामी ।
सेतो पहिरन कम्मरमा सेतै रङको पटुका अगाडि पछाडि झरेका फुर्का पनि, शरीर माथि भने घण्टै-घण्टाको माला भिरेका एक अर्ध बैँसे थामी दृश्यमा देखा परे । सुकुलमा पलेटी कसेका थिए उनी । एक हातमा ढ्याङ्ग्रो थियो, अर्को हातमा गजा । त्यसैले ठोक्दै कामेका मात्र थिएनन । एक तमासले के-के हो,फलाक्दै पनि थिए ।
'योहो त्याङ्, तो वे गाई.....' एक्कासी एक अर्धबैँसे चिच्याए । दृ्श्य हेरिरहेका सबैको मौनता तोडियो । फलतः सबैको नजर उनीतर्फ मोडियो । अनि हल भरियो, गजबको हासोेले । सबै जना हासे तर उनी हाँस्न सकेनन् । नमज्जासँग लजाए पो । शिरबाट टोपी झिके । त्यहीभित्र अनुहार लुकाउने प्रयास गरे ।
दृश्यमा देखिएका उनी नै रहेछन्, सेतो पर्दामा एक्कासी आफ्नो दृश्य देखेर खुसी भएका रहेछन् । नाम माइला झाँक्रि । गाउँमा माइला गुरु भनेपछि सबैले चिन्ने, उनलाई ।
सबैको ध्यान फेरि पर्दामा दौडिएका दृश्यले खिच्यो । बेहुला अन्माएसँगै दृश्यको सरूवात दोलखाको सुप्पा गाउँबाट भयो । पछि सिन्धुपाल्चोकको थामी गाउँ देखियो । रातो चोलो, फरिया पनि रातै, चिरिच्याट्ट परेकी बेहुली बुइ हाल्दै घरको ढोकाबाट निकालीएको दृृश्य । त्यसपछि भने पर्दामा नेपाल हैन दार्जलिङका थामी बस्तीका दृश्य देखिए । नेपालको थामी बस्तीमा विवाह संस्कार देखाइएको थियो भने दार्जिलिङको थामी बस्तिमा मृत्यु संस्कार देखाएइएको थियो ।
दृश्य सकियो, सँगै तालीको पर्रा छुट्यो । स्टेज अगाडि एक विदेशी महिला देखापरिन् ।
'यसमा तपाईंहरूको केही भन्नु छ ?' दर्शक बनेर अगाडि बसेका थामीलाई उनले प्रश्न गरिन । प्रश्न नेपालीमा नै थियो । भाषा उच्चारण प्रस्ट थियो । खाट्टी नेपाली हुन्जस्तै लाग्ने ।
उनी थिइन, अमेरिकी नागरिक सारा श्नाइडरम्यान । उनले भर्खरै मात्र थामी जातिको इतिहास तथा संस्कार संस्कृतिमा विद्यावारिधी गरेकी थिइन् । त्यसैको लागि तयार पारिएका तयार दृश्यसहित सामग्रीका केही अशं हलमा देखाइएको रहेछ ।
विद्यावारिधि, त्यो पनि राज्यले बिर्सिएका थामी जातिको इतिहास तथा संस्कार संस्कृतिमा । बाटो बिर्सिएर अलपत्र परेको बटुवा झैँ इतिहासको पनामा बिल्कुल अलपत्र परेको थामी जातिको इतिहास तथा संस्कार संस्कृतिमा विद्यावारिधि हासिल गर्नु कम चुनौतिपूर्ण विषय होइन त्यो पनि सात समुन्द्र पारिबाट आएको मान्छेले । को हुन थामी ? राज्यले किन बिर्सिए थामीलाई ? यस्ता प्रश्नले चेत खुलेदेखि नै मलाई समेत सधँै सताइरहने । यसको सही उत्तर भने अहिले सम्म भेटाउन नसकेको । त्यसैले सुरूमा नै म उनीप्रति निक्कै जिज्ञासु भए । अब उनलाई त भेट्नै पर्यो, तर कसरी ? बेचैनीले तत्काल चिमोट्न थाल्यो । सोचे यसको छिनोफानो हलमा नै गराँै, तर कसरी ? त्यो पनि सम्भव देखिएन । एक छिनको कसरत पछि उनको फोन नम्बर भेटियो ।
समय बिहानको दस बजे । हेल्लो.... दुई घन्टीमा नै फोन उठ्यो । 'म सारा ! छोटो जवाफमा आफ्नो परिचय दिइन् । परिचयसँगै मैले भेट्न चाहनुकोे उद्देश्य बताएँ । उनले पनि सहमति जनाइन् । बानेश्वरमा भेट्ने कुरा मिल्यो ।
बेलुकाको पाँच बजे । नयाँ बानेश्वरस्थित संविधानसभा अगाडिको पश्चिम गेट । म पुगिसकेको थिएँ । एकैछिनको पर्खाईपछि यामाहा भट्भटेमा उनी पनि आइन् । मैले उनलाई चिनेँ । सायद उनले मलाई चिन्न गाह्रो पर्यो । मैले परिचय दिएँ ।
'ओ... तपाईं नै हो, ल त्यसो भए लोङसेङििन सेवा ।'
उनले थामी भाषामा अभिवादन गरिन् । स्वयं थामीले समेत भाषा बिर्सेको अवस्थामा एक विदेशीले यसरी अभिवादन गर्दा कता-कता हृदय गदगद भएर आयो । मैले पनि त्यसै गरेँ ।
अगाडिको रेष्टुरेन्टमा जान उनैले प्रस्ताव गरिन । मैले सहमति जनाएँ ।
के लिनु हुन्छ ? मेनु हेर्दै उनले सोधिन । हैन केही नलिऔँ, मैले भने । पछि दुबैका लागि सोडा पानीको अडर भयो ।
"गफ अब हामैै्र भाषामा गरौँ है ?" उनीबाट अघिदेखि नै प्रभावित थिएँ, उनले उच्चारण गरेको 'हाम्रै भाषा' भन्ने शब्दावलीले त गला नै भरियो । मैले प्रश्न गरेँ" यो त हाम्रो पो भाषा हो त, कसरी तपाईंको भयो ?
"मेरो परिचय नै यो भएपछि, कहाँ यो तपाईंको मात्रै भयो, त ? यो त अब मेरो पनि हो । बडो गर्व साथ उनले भनिन् । आफ्नै जन्मथलोमा परिचय बिहिन अवस्थ्ाामा रहेको छ, थामी संस्कृति । सात समुन्द्रपारिबाट आएकी यिनले यसैमा आफ्नो परिचय भेट्टाइन् ।
"हेर्नुहोस्, वास्तवमा थामी संस्कार संस्कृति मेरो रगतमा छ । मैले १५ बर्ष बिताएँ थामीहरूसँग । यसबीचमा म थामी जातिको इतिहास सम्म पुगँे, त्यसको अध्ययन गरेँ । बर्तमान देखँे, कला संस्कृतिसँग खेलँे । दुःखभन्दा कैयौँ गुणा सुख पाएँ, अन्ततः त्यही नै मेरो परिचय बन्यो । त्यसैले म गर्वका साथ भन्छु, म थामी हुँ, अमेरिकन थामी, कसो त ?" म सँग सहमति मागिन् । मैले स्वीकृतिमा मुन्टो हल्लाएँ ।
म आफँै थामी भएकाले आफैँले देखेको छु धेरै थामीहरूले आफ्नो जातीय पहिचान लुकाउँदै हिँडेको यथार्थ । अनपढ थामीले त जातिय महत्त्व नबुझेर पनि परिचय लुकाए होलान् तर कतिपय ठाउँमा त पढे लेखेकाहरूले समेत लुकाए । यि विदेशी गर्वका साथ यसो भन्छन्, क्षणिक आकर्षणका कारण हैन न त कसैलाई खुसी पर्न नै ।
थामी जाति गरिब छ, तर धनमा मात्रै । अरुमा त कसैले उछिन्नै सक्दैन, यिनी भन्छिन् । थामी जातिको आफ्नै संस्कार छ, संस्कृति छ, भेष-भूषा छ । भाषा छ । समग्रमा एउटा सिङ्गो सभ्यता जीवित छ, थामी जातिमा । एउटा सभ्यताको जहाँ विकास भएको छ, त्यो जाति कसरी गरिब हुनसक्छ ?" उनी प्रतिप्रश्न गर्छिन् ।
हुन पनि मर्दा होस् या पर्दा, सबै काम आफ्नै तौरतरिकाबाट हुन्छ । कसैबाट सापटी लिएर चलाउनुपर्दैन । विज्ञानले छलाङ मारिसकेको छ तर यो जातिमा यसको प्रभाव कमै परेको छ । तापनि जीवन चलेकै छ । मुलुकमा चारैतिर नाकाबन्दी लागोस् । यो जातिलाई खासै असर पार्दैन । यहाँ बाँच्ने शैली पहिले नै विकास भएको छ । जो आफ्नै कौशलबाट स्वतन्त्रापुर्वक बाँच्नसक्छ । त्यो कसरी गरिब हुन्छ ? सायद यिनले यो यथार्थलाई बुझिन् ।
राजा पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानभन्दा अघि थामीहरू पनि राज्य सञ्चालनमा हिस्सेदार थिए । थामीको इतिहास कोट्याउन थालिन्, उनले । राज्य एकीकरण पूर्व दोलखा स्वतन्त्र राज्य थियो । राज्य सञ्चालनको प्रमुख हिस्सेदार थामी, नेवार र तामाङ जाति थिए । यसको प्रमाण दोलखामा प्राप्त सन् १५६८ को शिलापत्र हो, उनी प्रमाण जुटाउँछिन् । त्यसबेलासम्म थामी जाति सांस्कृतिक रूपमा मात्र हैन आर्थिक रूपमा समेत सम्पन्न थियो । "तत्कालीन नेवार राजाले थामी माथि जब भूमि कर लगायो, थामीको दुर्दिन त्यहीँदेखि सुरू भयो," उनी बताउँछिन् ।
राज्य एकीकरणपछि त त्यसले अझ चरम रूप लियो । उनी थामी गरीब हुनुको थप कारण बताउँछिन । प्रधानमन्त्री भिमसेन थापाको शासनपछि जनजातिको जग्गा अधिग्रहण गर्न थालियो र शासकका आसेपासेलाई बाँड्न लागियो । यो मारमा थामीहरू पनि परे । त्यसपछि थामीहरूले टाउको उठाउने मौका कहिले पनि पाएनन् । थामीपछि पर्नुको जड कारण यही हो, यसको मार थामीहरूले अहिलेसम्म खेपिरहेका छन् " उनी बताउँछिन् ।
शनिबार, गोरखापत्र
आश्विन १०, २०६७
- 4967 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 13 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 13 hours ago - एकदम सान्दर्भिक
2 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 17 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 19 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- अलपेश्वर बाबा–ज्ञादीको गर्व
- बुहारी
- रूप
- मौसमी माइकालाल
- तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )
- शिशिर
- अवरोधमा वार धेरै
- सपना
- सोल्टिनी (गजल)
- कान्तिपुरी नगरी
- को कसको हो
- परेली मै छौ कि कसो, माया भनी देखछु
- रङमन्चमा प्रेम
- आउँछ खुशी एकदिन,हेर दुख:पिडा थेग्यो भने !!
- बदलाब
- तिखे (लघु कथा)
- नेपाल आमा
- भाषा संस्कार र संस्कृति र हामी
- हेल्लो साथी जय होस्
- बिरोधको शैली र पक्षपातको नौटङ्की
- डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार तथा देवकोटा जयन्ती समुद्घाटन
- जिन्दगी को परिभाषा
- झिरमा उनिनु त्यो एउटा कुरा
- मेरो सानो संसार तिमीलाई अटेन
- रिसाएर जानेलाई
- साथीहरू हो
- आमा भएर
- उपहार
- मुक्तक (अन्यासै दुखी दिन्छ छाती)
- म मौनतामा अल्झिरहेको
Post new comment