Skip to content

जिन्दगीको यात्रा हामी सँग-सँगै गरौं भन्यौ


जिन्दगीको यात्रा हामी सँग-सँगै गरौं भन्यौ
सँगसँगै बाँचु भन्यौ अनि सँगै मरौं भन्यौ।

हेरी बसें तिम्रो बाटो पर्खिएर चौतारीमा
मेलापात गाई-गोठालो बेंसी सँगै झरौं भन्यौ ।

कठिन थियो हाम्रो यात्रा जातित्वको नदी थियो
हात समाई तिमी र म नदी सँगै तरौं भन्यौ ।

आँखा लागि छुट्यो भने हाम्रो प्रीत पराईको
अर्को जन्म हुन्छ भने तिमी सँगै पारौं भन्यौ।

अजम्बरी माया बनाई मदन र मुना जस्तो
अम्बर बनाई हाम्रो प्रीत सन्देश सँगै छरौं भन्यौ।

1 thought on “जिन्दगीको यात्रा हामी सँग-सँगै गरौं भन्यौ”

  1. thnx tirtha ji tapaiko gazal
    thnx tirtha ji tapaiko gazal dherai maarmik lagyo ajhai pani yestai 2 gajal ko partichhya ma ,,,,,,,,,,,bishan

Leave a Reply

Your email address will not be published. Required fields are marked *