Skip to content


हे प्राणदायिनी ममतामयी हे नेपाल आमा,
झन्डा हाम्रो फर-फर पार्छौं रक्त सीमा सीमामा !

आमा ! तिमी स्वतन्त्र, शान्त, हिमशैल सुशोभित
कलकल सरिता लेक र बेसी, मधेश पियुष सिंचित !

प्यारो सहिदको नासो नेपाल प्यारो, लोकतन्त्र प्यारो
हाम्रै मेची र काली प्यारो, हाम्रै लालीगुराँस प्यारो !

उन्नत तिम्रो नाम सधै संसारमा फैलियोस,
जून झैँ बनोस मुहार तिम्रो जय होस्, नेपाल आमाको !

शरण आँसु
पोखरा

3 thoughts on “हे प्राणदायिनी”

  1. शब्द चयन र संगठन साह्रै सरस र
    शब्द चयन र संगठन साह्रै सरस र शक्तिशाली (पावरफूल) लाग्यो सर! मिठो कविताको लागि धन्यवाद छ!

  2. यो राष्ट्र गाथा लाई तपाइँले

    यो राष्ट्र गाथा लाई तपाइँले मन पराएर लेख्नु भएका शब्दहरुका निम्ति धेरै धन्यवाद !
    लेख्ने हुट हुटि बढाई दिनु भो !
    शरण आँसु

    1. Hello Sharan,
      How do these

      Hello Sharan,
      How do these eyes slip on this page? Sounds great, you are a patriotic son of mother Nepal. Continue your beautiful creation. Be a catalist in the biological reaction.
      CB

Leave a Reply

Your email address will not be published. Required fields are marked *