Skip to content

अझै पनि मेरो माया लाग्दो होला तिमीलाई


अझै पनि मेरो माया लाग्दो होला तिमीलाई
तीता-मीठा सम्झनाले डाक्दो होला तिमीलाई

टाढिएका तिमी भन हाल्खबर के छ साथी
कल्पनाको कुहिराले ढाक्दो होला तिमीलाई

कालो रात अँध्यारो छताराजून छैन राति
बादलुले लुकाएर ढाँट्दो होला तिमीलाई

लेखेँ कथा मनमनै तर कथा रह्यो आधी
निष्ठूर बनी बर्तमान् बाँड्दो होला तिमीलाई

1 thought on “अझै पनि मेरो माया लाग्दो होला तिमीलाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *