Skip to content

दिती पुत्र थियो अघोर रुपको ( सप्ताह वाचन )


दिती पुत्र थियो अघोर रुपको आखा त सुनका थिए!
युद्ध घोर हुदा पाताल तलमा विष्णुले मारी दिए!!
बिष्णु रात कन बताउनु भयो प्रथम दिनको कथा !
दोश्रा दिन पनि ऋषभ चरित् बताउनु भो तथा !!

धर्मराज युधिश्ठीर प्रति पनि देवर्शी नारदजीले !
शाश्त्रोक्त वर्णन सुनाउनु भयो तेश्रा दिन भक्तिले !!
शुक स्वामीजीले बताउनुभयो राजा परीक्षित कन !
ययाती चरीत बंश बरणन गरेर चौथा दिन !!

चिन्ता पर्न गयो फुपू दिदीजीको खबर बुझ्नु भयो !
पान्डवका घरको खबर बुझदा पाचौ दिन गइ गयो !!
छैटौंका दिनमा महिशीहरुले आफ्ना गरे वर्णन !
श्रीमद भागवत सार वर्णन गरेर सातौं दिन !!

शुक स्वामीजीको मुख कमलको अमृत रस पान गरी !
परीक्षितजीले प्रशन्न मनले जप्नु भयो श्रीहरी !!
तक्षक डस्न गयो पराग फूलको वीचमा बसेको थियो !
नासा पूट बहिर्गत हुन गई डसेर मारी दियो !!

स्वर्ग बाट झर्यो विमान प्रभुजीको आत्मा त्यसैमा गयो !
शरीर धारी त त्यो विमानमा गयो शरीर त्यहीं रह्यो !!
पुष्पवृष्टि भयो दिशा र विदिशा अविर लावा केशरी !
सबले भक्ति गरे शरण पनि परे खुशी हुनु भो हरि !!

3 thoughts on “दिती पुत्र थियो अघोर रुपको ( सप्ताह वाचन )”

  1. हार्दिक बधाई छ पुरुषोतम
    हार्दिक बधाई छ पुरुषोतम अधिकारीज्यूलाई

    हार्दिक बधाई छ पुरुषोतम अधिकारीज्यूलाई अनि धन्यवाद मझेरी डट कम र विशेषतः कुमार सिंखडा भाईलाई ।
    समय समयमा विभिन्न नौलो स्वादका रचनाहरुलाई आफ्नो मझेरी डट कममा समाविष्ट गराएर मजस्ता साहित्यका निरिह विद्यार्थीहरुलाइै आ-आफ्नै स्वगृहमा बसेर अध्ययन गरी हाफ्नो अर्धचेत शरिरमा अमृतरुपी साहित्यिक ज्ञान प्रवेश गराएर चेतनामूलक बनाउने सुअवसर प्रदान गर्दै आउनु भएकोमा कुमारजीलाई पुनः एकपटक धन्यवाद टक्रयाउन चाहन्छु ।
    साथै पुरुषोतम अधिकारीज्यूले पौराणिक कविता भनेर उललेख र्गनुभएको छ । कविता हेर्दा शार्दूलविक्रीडित जस्तो देखिन्छ मैले हेर्न नजानेर वा छन्द नबुझेर पोहो की उक्त कविता छन्दमा परेको छैनजस्तो लाग्यो । किनभने कवितामा अक्षर सन्तुलन पनि छैन र ह्रसो दीर्घले पनि मेल खाएको छैन जस्तोलाग्यो । तसर्थ अग्रज कवि स्रष्टाले अलिप्रष्ट पारिदिनु भए आभारी हुने थिएँ ।
    गोर्खेसाइँलो
    नियमित मझेरीको पाठक एवम् http://www.pallawa.com.np सञ्चालक ।
    गजल कुटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।
    [email protected]

  2. गोर्खे साइलो ज्यू को

    गोर्खे साइलो ज्यू को प्रतिक्रियाको लागि धन्यवाद र आभार प्रकट गर्न चाहन्छु
    यो पौराणिक कविता मैले लय र भाव मात्र मिलाएर लेखेको हूँ , छन्दमा लेखिएको कविता
    होइन, हजुरले त्यसरी नै बुझी दिनु हुन अनुरोध गर्दछु
    सम्पादक कुमार सिम्खडा ज्यूले हाम्रा पौराणिक साहित्यको पनि पाठक बर्गमा रसाश्वदन गराउदै आउनु भएकोमा पनि धेरै आभारी छु
    पुरुषोत्तम अधिकारी

  3. छन्दका नियममा नबाँधिएको छन्द कविता
    श्री गोर्खेसाइँलाजी,
    तपाइँको कुरा सही हो। पुरूषोत्तमजीले पैाराणिक कविताको कथ्यपाटो ल्याउनु भएको छ तर छन्दशास्त्रको पालना गरेर कुनै पनि श्लोक लेखिएका छैनन। यसो भन्दा उहाँले कथा नै लेख्नुभएको भए राम्रो हुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *