Skip to content

गोर्खे’ लारी लाएको छु


सञ्जिवनी सरिकै अमृत प्याला पाएको छु
मृगतृष्णा मेटाएर सँगै बाँच्न चाहेको छु ।

ध्वनि नै अतिसुन्दर कोइली कै जस्तो स्वर
शब्द सुनी मख्ख पर्दै नशा-नशा छाएको छु ।

प्रहरमा खोज्दै थिएँ चन्द्रमाको शीतलता
रसिलो त्यो धर्तीतिरै प्रीति जोड्न आएको छु ।

मन्दिरमा देबै–देव आफ्नै आफ्नै स्थान हुन्छ
जन्मस्थातकै मन्दिरमा पूजा गर्न धाएको छु ।

लहरा र पतङ्गा मै स्पर्शता न्योनो खोज्दै
पल्लवित माञ्जरी मै ‘गोर्खे’ लारी लाएको छु ।

नियमित मझेरीको पाठक एवम् www.pallawa.com.np सञ्चालक ।
गजल कुटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *