महाभारतको त्रासमा सास फेर्नुपर्छ,
सानै भुल नभै पनि बास फेर्नुपर्छ ।
शैक्षिक कानुन छ रे सुन्छौँ मात्रै हामी,
सौताका सन्तान भयौं आश फेर्नुपर्छ ।
आफ्नो त आजै छैन भोलि के को हुनु,
त्यसैले आजैदेखि गाँस फेर्नुपर्छ ।
पल्केका श्रम खान सबले मनमा गमे,
दूध दिने हौँ गाई घाँस फेर्नुपर्छ ।
नीति राम्रो त्यसबेला जब लागू हुन्छ,
त्रास मिसाएर फ्याल्ने तास फेर्नुपर्छ ।
-नन्दलाल आचार्य
प्र.अ.,
लिट्ल फ्लावर सेकेण्डरी स्कूल
राजविराज-९, सप्तरी, नेपाल ।
मझेरीमार्फत गोर्खेसाइलोज्यूको
मझेरीमार्फत गोर्खेसाइलोज्यूको नेतृत्वको http://www.pallawa.com.np
परिवारलाई मेरो अनुरोध
चाहेर पनि त्यहाँ प्रतिक्रिया लेख्न पाइन्न
मजस्ता अबुझहरूले पनि मझेरीकोझैँ सबैले प्रतिक्रिया लेख्न सक्ने खालको प्रणालीको विकास भइदिए र यसरी नै आफ्नै नामबाट मनका कुरा सार्वजनिक गर्न पाए उत्तम हुनेथियो
संभव भए मझेरीले झैँ पल्लवले पनि मलाई यो सुविधा उपलव्ध गराओस् भन्ने चाहना र कामना व्यक्त गर्दछु
धन्यवाद
एक पाठक
नन्दलाल
http://www.pallawa.com.np
पनि
http://www.pallawa.com.np
पनि साहित्यप्रेमीहरूले हेर्न भुल्नै नहुने रहेछ
तर एउटा अनुरोध
चाहेर पनि त्यहाँ प्रतिक्रिया लेख्न पाइन्न मझेरीकोझैँ सबैले प्रतिक्रिया लेख्न सक्ने खालको प्रणालीको भइदिए उत्तम हुनेथियो
संभव भए मझेरीले झैँ पल्लवले पनि यस्तो सुविधा उपलव्ध गराओस् भन्ने चाहना र कामना व्यक्त गर्दछु
धन्यवाद
साहित्यको एक पाठक
नन्दलाल आचार्य
[email protected]
आदरणीय स्रष्ठा
आदरणीय स्रष्ठा नन्ललालज्यू,
तपाईंको सल्लाह एवम् सुझाव हामीलाई निकै मन पर्यो । तपाईंलाई केही असुविधा भएको हामीले पनि महसुस गरेका छौँ । त्यसका लागि हामी क्षमाप्रार्थी पनि छौँ । तर तपाईंले भनेको जस्तो प्रतिक्रिया लेख्ने ठाउँ पल्लव डट कम डट एन्पीमा नभएको चाहिँ पक्कै पनि होइन । कृपया ध्यान दिएर हेरिदिनुभएमा हामी कृतार्थ हुने थियौँ । तर प्रतिक्रियाको लागि हामी केही उदाहरणहरू प्रस्तुत गर्दैछौँ । (१) माथि हेडलाइनको तेस्रो महलमा ‘प्रतिक्रिया’ भन्ने ठाउँमा क्लिक गरेर प्रतिक्रिया दिनसक्नुहुन्छ । (२) प्रत्येक लेखरचनाको पुछारमा ‘प्रतिक्रिया दिनुहोस्’ भनेर लेखिएको ठाउँमा क्लिक गरेर पनि प्रतिक्रिया दिन सक्नुहुनेछ । यी लगायत अन्य महलैपिच्छे प्रतिक्रिया दिने ठाउँहरू प्रशस्तै भएको ब्यहोरा अनुरोध गरिन्छ ।
— पल्लव साहित्यिक ई–पत्रिका परिवार