Skip to content

पुस महिनाको जाडोमा एकाबिहानै किन मानिसहरूको चहल पहल छ भनी बुझ्दा कुरो राम्रो चाहिं होइन रहेछ । माथ्लो घरकी मुकेशको श्रीमती सीतादेवी र पल्लो गाउँको धनबहादुर घर छोडी पोखरातिर लागेछन् । कुरो दुख लाग्दो छ सीतादेवीको घरमा साना साना तीन बच्चा र धनबहादुरको घरमा पनि दुई जना छन् । सीता देवीका श्रीमान कतारमा तातो हावा सगै आफ्नो जीवनलाई चौथो पटक होमिरहेका छन् धन कमाउने आसै आसमा । सपूर्ण गाउँ सन् सानी पूर्ण भयो त्यो हल्ला बिदेशमा पनि तुरुन्तै पुगिहाल्यो।

केही दिनसम्म त सीतादेवी र धनबहादुर पोखरा, काठमाडौँ सहरतिर घुमेछन् । त्यस पछि फिर्ता भए गाउँमा नै धनबहादुरले सीतादेवी र जेठी श्रीमती रमा कुमारीलाई मिलाएर राख्न सफल भयो । मुकेसको घरमा दुखका दिनहरू थपिदै छन् मामा घर पुग्दा आफ्नी पोइल गएकी आमासित भेट हुन्छ छोरो तिलक र छोरी सनिताको ।मामलीले पनि के गर्ने र भान्जा भान्जीको पनि माया आफ्नी दिदी सीताको पनि माया दुवैलाई हेर्यो हेरिसक्नु छैन,समय बित्तै गयो हुदा हुदै तिलक पनि एस एल सी पास भयो अब कलेज जाने बेलाभयो,खोइ बाबुको पनि घर फर्कने केही अत्तो पत्तो छैन ।

तिलकको दिमाखमा बिस्तारै बिस्तारै नराम्रा कुरहरू आउन थाल्छन। मानिस, मानिसकै दुख, आपत् बिपत हेर्न कति लालाइत हुन्छ । तिलकलाई आफ्नी आमा पर्ती नराम्रा कुरा लगाएर रिस उठाउने काम हुन्छ आफ्नै साथी संगतीबाट । एक दिन तिलकले रिसको आवेगमा निको हुदै गरेको घाउ फेरि बल्झाउने कम गर्यो । छुरा प्रहर गरी सौतनी बाबुको हत्या,हत्या पछि बेपत्ता । अब घरमा सनिता मात्र बाकी छिन पीडा पनि कति हुन्छ जिन्दगीमा, उनी त्यहाँ बस्न नसकेर मामाघरमा नै बस्न थालिन ।त्यो कलिलो मुटुमा ठुलो चोट पर्यो ।बाबु त थियो त्यो पनि घर औदैन, मरे बाराबर भयो,आमा- बाबु नमरी कनै टुहुरो जीवन जिउदै छिन सनिता ।हत्या पछि भागेको तिलक कहाँ पुग्यो केही अत्तो पत्तो छैन पुलिसका मान्छेहरूले खोजी कार्यलाई तिब्र बनाए तर पनि केही पत्तो लागेन आखिरमा गाउँनै सोकाकुल भयो दुई जना बिधवा भय एकै घरमा । सीतादेवीको सानो बच्चो काखैमा टुहुरो भयो ।चोइटा खान गयकी बुडी झोलमा डुबेर मरी भयो ।जिन्दगी नै तहस नहस भयो, के गर्ने के नगर्ने सीतादेवी बिचलितमा छिन् ।समय बित्तै गयो आलो घाउमा केही खाटो बस्न खोज्छ फेरि बल्झिन्छ। आमा छोरीको भेट हुनु हुदैन रुवा बासी हुन्छ,कहाँ जाने र दुवै जनाको जाने ठाउँनै त्यही त हो मामा घर मुकेश माझी पनि बिदेशबाट फर्कियका छन् भर्खरै, उनी पनि विवाह गर्नेरे अब, मुकेश घर आए पछि तिलक पनि साउदी माछ रे भन्ने अस्पष्ट समाचारहरू आउदै छन् ।मुकेशले छोरीलाई त्यो मामा घरमा जानु हुदैन, पोइल गएकी आमासग भेट गर्न हुदैन भन्ने तर्कहरू गर्दै छन् र छोरीलाई त्यो आमा सग नभेट्ने बनाउन कोसिस गर्छन ।उता तिलकको पनि यतिका समय पछि पत्र आयो उसको पत्रमा पनि त्याही कुरा उलेख गरिएको छ, आमा सग नभेट्नु रे । । तर किन ?तर किन थाहा छैन /

2 thoughts on “अझै बल्झीदै छ घाउ”

  1. भाषिक अशुद्दताले गर्दा कथा
    भाषिक अशुद्दताले गर्दा कथा बुझ्नै सकिएन। कृपया सकेसम्म सुधार गरेर मात्र राख्नु होला।

  2. प्रेम चापागाईँजी कथा त
    प्रेम चापागाईँजी कथा त मार्मिक बन्ने छाँटकाँटको जस्तो छ तर नेपाली विषयको विद्यार्थी भाकोले होला अशुद्धी देख्यो कि पचाउनै सकिन्न
    भावना त सबैसँग हुन्छ त्यसलाई कलात्मक र यथोचित तवरले प्रस्तुत गर्ने खुबी चाहिँ पाउन गारो पर्छ
    प्रयास जारी राखे परिष्कृत रचना जन्माउन समय लाग्दैन
    परिष्कार सहितको प्रयासको नितान्त खाँचो खड्केको छ
    प्रकाशित रचना पाठका धन हुन्
    पाठकका धन बनाउने जमर्को गर्दै गरौँ भन्ने शुभेच्छा

Leave a Reply

Your email address will not be published. Required fields are marked *