Skip to content

जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला (गजल)


जिन्दगीको अन्तिम पल आउँदा कस्तो होला
आँखाअघि मृत्युले मुख बाउँदा कस्तो होला

शरीरभरिको बश्त्रहरू सारा उतारेर
सेतो कफन मैले लाउँदा कस्तो होला

प्रेयसीको सिउँदोको सिन्दूर पखालेर
उनको हातको चुरा फुटाउँदा कस्तो होला

शरीर छाडी मेरो आत्मा आजाद हुँदा
थमिराखने उनको हात छुटाउँदा कस्तो होला

स्वर्ग नर्क पाप पुण्य होला लेखा-जोखा
जिन्दगीभरको हिसाब-किताब पाउँदा कस्तो होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *