Skip to content

नेपाल, तिम्रो सेवा गर्छु म


नेपाल, तिम्रो सेवा गर्छु म
ओठमा लाली मुस्कान छर्छु म !

ज्योति जगाई सबको मनमा
हरपल तिम्रो पीर हर्छु म !

जति बिघ्न वाधा आई परे नि
कर्तव्य पथको नदी तर्छु म !

सुयोग्य तिम्रो सन्तान हुन्छु
स्वराज रनमा परी मर्छु म !

तिम्रै कोखमा जन्में आमा,
तिमीले हासे पो मख्ख पर्छु म !

Leave a Reply

Your email address will not be published. Required fields are marked *