Skip to content

पार्टी पार्टी नेपाली गर्छन सामना


पार्टी पार्टी नेपाली गर्छन सामना,
छैन कतै कसै प्रति शुभकामना !
शुभकामना मेरो शुभकामना,
नगर भो सामना, शुभकामना !!

सबै पार्टी मिली जुली देश बनाऊ ,
विरोधको लागि विरोध गर्न नजाऊ
फूलको बोट रोपेर मल जल गर,
अन्त्य गर रिसको, भो भो नलर !

पहाड तराई- हिमाल यौटै नेपाल,
सबै मिली गरौ अब अङ्कमाल !
रिसराग जति गर्यो उति आउँछ
हामी वीच फाटो परे अरु रमाउँछ !!

हामी सबै नेपाली डाँडा वारि पारि
किन फेरि आपसमा गर्छौ चुटामारी?
कोही बस्छन ओढार, कोही दरवार
दिन सके सबलाई देऊ घरवार !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *