Skip to content

के हुदैछ आज भोलि

टुटाउँदै फेरि साइनो गाँस्नेहरू मौलाउँदै छन्
छिमेकमा मर्दा पर्दा हाँस्नेहरू मौलाउँदै छन्

दुर्जनको होला पालो त्यसैले त आज भोलि
टुसाउदैका टुना मुना माँस्नेहरू मौलाउँदै छन्

साँरक्षीत छन् दोषीहरू टाउकेबाटै यो देशका
गोडछु भन्दै हागा सबै लाँस्नेहरू मौलाउँदै छन्

सज्जनलाई आफ्नै गाउँ साझ बिहान भर छैन
मध्य रातमा सडकमा बास्नेहरू मौलाउँदै छन्

सड्यन्त्र का हिमायती लाचाहारी र भ्रस्टचारी
समान यौटा खोल अर्कै टास्नेहरु मौलाउदै छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *