Skip to content


उदाउने र अस्ताउने बिचको मरुभूमि यो जिन्दगी
कैयौं चोट सहेर बाँचेको भोगी यो जिन्दगी
पीडाका आँसुमा भिजेको भोझ यो जिन्दगी
कहीं उजाडिंदा कहीं झाँगिन्छ जड यो जिन्दगी

नचाहेर पनि बाँचिरहेको विवश यो जिन्दगी
चाहेर पनि नढलेको आभिशाप यो जिन्दगी
दुखै दुखमा डुबेको नरक यो जिन्दगी
आनताले रहस्यमय तुल्याएको रहस्य यो जिन्दगी

कहीं अनुपम मोजमा बितेको विलास यो जिन्दगी
कहीं मस्तीमा खित्किएको तमासा यो जिन्दगी
अभाब र बेदनामा तड्पिएको अपाङ्ग यो जिन्दगी
ए साथी ! जिन्दगी नै त हो जिन्दगी
रोएर आँसु बनी झरेको एक टुक्रा त हो नि जिन्दगी

सिताराम राई
हेटौडा-६, चौघडा
हाल : सौदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *