Skip to content


ज–न–ता परिवर्तन चाहन्छ
उफ्रिने घोडाको भनाइ
ज–न–ता परिवर्तन चाहन्छ
उडुस र उपियाको भनाइ
अँ ….. कस्तो लाग्यो परिवर्तन ज–न–ता ?
जङ्‌लतिर फर्कदै गरेको
बाघको भनाइ

ज — न — ता
त— न — जा
ता– ज– न
जा –न – त
न– ता–ज
न–जात
जन

जपनिछैन
तापनिछैन

छायाँ छायाँ जस्तो
तर रात पो रहेछ
मायाँ मायाँ जस्तो
तर घात पो रहेछ

ला….
‘हिरो’ लाई मार्‌यो
ए ऽऽऽ
सम्झेको पो रहेछ
के के न हो जस्तो
तर फिल्म पो रहेछ

बोट विरुवा…..
फोटोसिन्थेसिस्…..
आफ्‍नै लागि
सूर्यको तापको उपस्थितिमा
सूर्य जनता
ताप राजनीति
मान्छेको फोटोसिन्थेसिस् हुदैन ।

8 thoughts on “राजनीति”

  1. जनता शब्दको बिग्रह अनि
    जनता शब्दको बिग्रह अनि प्रतीकात्मक अर्थ गराई सटिक लाग्यो । धेरै राम्रो!

  2. प्रतिक्रियाको लागि धेरै धेरै
    प्रतिक्रियाको लागि धेरै धेरै धन्‍यवाद छ ।

  3. बिम्ब,शैली र कविता बेजोड छ ।
    बिम्ब,शैली र कविता बेजोड छ । धेरै मन पराए ।।

    1. सदासयताको निम्‍ित धेरै धेरै
      सदासयताको निम्‍ित धेरै धेरै धन्‍यवाद छ, तपाईलाई ।

  4. सदासयताको निम्‍ति धेरै धेरै
    सदासयताको निम्‍ति धेरै धेरै धन्‍यवाद छ, तपाईलाई ।

  5. सद्भावको निम्ति धेरै धेरै
    सद्भावको निम्ति धेरै धेरै धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *