Skip to content

यसरी आऊ दशैं तिमी

  • by
20101016_Dasain


सुकेका पेट, दुखेका मनमा, खुशी बोकेर आऊ दशैं
चन्ड मुन्डको झुन्ड धेरै भो, लात ठोकेर आऊ दशैं

कौरबको बिगबिगी धेरै हुँदैछ, अर्को कुरुक्षत्र रच्न
कपटी सकुनीको जाली पासा, रोकेर आऊ दशैं

घिच्नेहरूले थिच्न छाडेनन, निर्धा घाँटीहरू यहाँ
दुर्गा कालीको जस्तै, अग्नि ज्वाला पोखेर आऊ दशैं

मान्छे मान्छेको हुलमा, मान्छे भेटिंदैन अचेल यहाँ
युग बदल्ने एउटा सच्चा मान्छे खोजेर आऊ दशैं

जात नेपाली, मन नेपाली, पन नेपाली, धर्म नेपाली
एकै सन्तान, एकै घर, सदभाब रोपेर आऊ दशैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *