Skip to content

हजार चोटी मरेकी छु

  • by


तिम्रै लागि बाँच्नलाई हजार चोटी मरेकी छु
सम्झनामा हरेक पल आँखाबाट झरेकी छु ।

माथ कहिले सजाउने भनी देऊ न मेरो राजा
घरमा बिहेको कुरा चल्दा पर-पर सरेकी छु ।

सपनीमा देखेको नि पुग्छ रे कहिलेकाहीं त
तिम्रै हातमा समातेर तमोर नदी तरेकी छु ।

केही नहोस दु:ख कष्ट हजुरको गाथमा भनी
देउरालीमा ज्यानकै लागि भाकल मैले गरेकी छु ।

धोका भयो भने म त मरिदिन्छु जहर पिई
बाचा कसम सम्झिएर तिम्रै भर परेकी छु ।

तीर्थ “यात्री” पौडेल
लखनपुर ३ झापा, नेपाल,
हाल बहराइन
२०६७/७/३

Leave a Reply

Your email address will not be published. Required fields are marked *