Skip to content


बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोले । दुईमा एक आफ्नै पुरानो आकृति ! म बिचलित हुन्छु । मेरै घरमा मेरै आकृति कसरी संभव हुन्छ – फेरी मैले त मेरो भुत खोजेकी थिईन । तर बज्यैलाई त्यही खोजेर किन ल्याउनु परेको – दुवैलाई भित्र डाकें । “बज्यै के पिउने – चिया कि दुध -” मैले सोधें बज्यैको चिया भनेपछि मरिहत्ते गर्ने बानी उही पुरानो । मैले आफू, बज्यै र उसलाई चिया बनाएँ । ऊ मलाई गह्रँङ्गो गरी हेरिरहेकी थिई । सोफा पनि उसलाई बिझाएको झै गरिरहेकी थिई । उसको मुन्टो कुनै अपराधिको जस्तो झुकेको थियो भलै त्यो अबोध थिई । घरिघरी हातका औलाहरु असहज गरी किन चलाउँथि ऊ । म अनभिज्ञ थिएँ । मेरा नजरहरु पर्दा हठात् निस्तेज हुन्थे औलाहरु । बढ्न नपाउँदै खिइएका, काला घाउ भरिएका हत्केलाहरु मलाई जिस्क्याइरहेका थिए । “बल्ल भट्टावाल साहूले घण्टाको छुट्टी दिएर आएकी” बज्यैलाई बर्षौदेखि उही हतारो छ । “आज यसको काम छैन । दिनभर सँगै राख्नु, हेर्नु, विचार्नु ।” बज्यैले कुरा टुङ्गयाइन् र हतारोको साथ लागेर निस्किइन् । बाँकी म र मेरो आकृति छ बैठकमा । हावा भरिएको मेरो कोठामा पनि म निस्सासिन्छु । सजिव तर शुन्य छ त्यो आकृति । म खल्बल्याउने हिम्मत गर्दिन । ‘कतिन्जेल शुन्य उभ्याउनु आफ्नै अगाडी’ मनले भन्छ । “त्रि्रो नाम के हो -” लाचार आफ्नै आकृतिलाई प्रश्न गर्छ “धनसरी” मोटो आवाज । धन्न ! आवाज फरक पाएँ । “त्रि्रो घर कहाँ नि -” “चितवन” “त्रि्रा बाबुआमा कहाँ हुनुहुन्छ -” मेरा प्रश्न निरन्तर छन् । “बालाई मारेको । आमा घाँस काट्न भनेर गा’को फेरी फर्किनन् ।” जवाफ पाउँछु । “भाईबहिनी नि -” “कहाँ छन् था छैन ।” छोटो छ जवाफ । मलाई जवाफहरुमा पूर्णता प्राप्त हुँदैन । म कारण जान्न चाहन्थे । तर ममा उसलाई ओल्र्टाई-पल्र्टाई गर्ने आँट भएन । निष्कर्षके त – ऊ सरासर मेरै आकृति हो – अबोध पैतालाहरु बेस्सरी मर्स्याङ्गदीमा पखालेर बज्यैकासाथ गन्तव्यबिहीन यात्रा शुरु भएको थियो मेरो । के उसका पैतालाहरु पनि नारायणीमा पखालिन बाध्य भएका हुँदाहुन् – “कहाँ बस्छ्यौ त आजकल -” “बज्यैसँग र्।र् इंट्टाभट्टामा ।” ऊ भन्छे । प्रष्ट छ । मलाई मेरै पुरानो आकृति छल गरिरहेछ । गिज्याइरहेछ । त्यो मेरै यथार्थको क्लोन भएर उभिएको छ मेरो अगाडी । पछ्याउँदै-पछ्याउँदै मेरो ढोकासम्म आईपुगेको छ । ‘के यो क्लोन मसँग समाहित हुन सक्ला – बिगत समेटेर मेरो क्लोन कसले बनायो -’ म आफ्नो शीर सुम्सुम्याउन पुग्छु । दशकौं अगाडी दिनभर्रर् इंटा बोक्दा थिलथिलो भएको मेरो टाउको एकाएक दुख्न थाल्छ । साँझ साहुले दिएको पाँच रुपैयाँ भट्टाकै पिपासुहरुले खोसिदिएको संझेर मन पनि दुख्न थाल्छ । भोकै दिन बिताएको संझन्छु । ‘त्यही बिगत यत्तिका बर्षछि मैतिर किन फर्किएको हो -’ मेरो अर्न्तद्वन्दको जवाफमा केवल शुन्य आकृति निर्जीब भएर बसेको छ अगाडी । ऊ अझै एउटै आसनमा बसेकी छ । म जान्दछु -ऊ हलचलाउन डराउँछे । समयले उसलाई बाँधिन सिकाएको छ । तिरस्कार र घृणाका रछ्यानमा ऊ लतपतिएकी छ । उसको निर्दोष अनुहारले भनिरहेछ-यो घृणा र तिरस्कारका रछ्यानबाट उसलाई झिक्न को तयार हुने – समयले म जस्ता अरु कति अबोधहरुलाई रछ्यानमा पुर्याएको छ कसले ध्यान पुर्याउने – “यी सबैलाई मदर डेली चाहिएको छ ।” म बोल्छु । “यत्तिका मदर डेली कहाँ पाईएलान् -” प्रश्न उठ्छ मनभित्र । रछ्यानबाट उठाएर महलमा बसाउने ती मदर डेली ! र्इंट्टा उठाउँदै गरेका मेरा धुलाम्मे हातहरु थामेकी थिईन् उनले । मेरो वरिपरी झिंगा भन्किरहेको दुर्र्गन्धित धरातल चिहाईरहेको थियो तर उनी सुकिलि थिईन् । मैले मेरो धमिला हातहरुलाई मैलो जामामा पुछ्ने कोशिस गर्दा धुलो पुछिएन । मैले अबोध हेरिरहें । हठात् उनले काखमा राखिन् र सेतो कारमा हालिन् मलाई । भट्टाका सबै हेरिरहेका थिए । त्यो भट्टावाल साहू पनि हेरिरहेको थियो । बज्यैले छेवैमा आएर ‘तेरो भाग्य उदायो’ भनिन् । भाग्य उदाउनु र अस्ताउनुको फरक म त्यत्ति धेरै बुभ्न सक्ने थिईन । तर त्यो रछ्यानबाट मुक्ति खोजिरहेका थिए मेरा हातहरु । अघाउन्जेल खान पाउने द्वार खोजिरहेको थियो मेरो पेटले । मदरको सेतो कारमा मैले एकैछिन आफूलाई परी संझिए । म के हुँ – को हुँ – बिर्सिदिएँ । त्यो दिन खाएको खाना मेरो लागि अमृत थियो । तृप्त भएर मेरा आँखाहरुले भगवान् मानेर हेरेका थिए मदर डेलीलाई । दिनभर बजार घुमेर आईसक्रिम खाएको, तीन-चार जोर लुगा एकैपटक किनिदिएको देखेर म चकित भएकी थिएँ । प्राप्तिको उदेश्य थिएन मभित्र । आजसम्म कसैले केही दिएको थाहा छैन । अँ ! एकपटक विदेशमा बस्ने लाहुरेहरुले अनाथहरुलाई खाना ख्वाउँदा मैले पनि अघाउन्जेल खाएकी थिएँ । तर मदरले एकैपटकमा धेरैथोक दिईन् । ती खैरो कपाल गरेकी अपरिचित ममाथि किन आत्मियता बर्ढाईरहेकी थिईन् – उनीभित्र किन घृणा थिएन – किन उपेक्षा गर्न सकिनन् तीनले मेरो यथार्थलाई – के त्यो उनको आदर्श थियो – मलाई थाहा थिएन । मकिएका धागाहरु बटुलेर बनाएको पिङ्ग जस्तो मेरो दिनचर्यामा केवल साहुको गाली, विक्ष्प्त मन, दमन, घृणा, भोक बाहेक केही थिएन । बालकथामा दुखी केटाकेटीलाई माया बाँड्न सुटुक्क आउने र्स्वर्गकी परी भैदिईन् उनी मेरा लागि । मभित्र तिनै मदरडेलीको उदारभाव हर्किरहेको छ । स-साना कुराले मनलाई छुन्छ । मैले मदरडेली बन्नु छ । उनको उदेश्यमा एउटा आयाम थप्नु छ । म बसिरहेको ठाउँबाट जुरुक्क उठ्छु । उसको नजिकै बस्न खोज्छु । ऊ दुरी बढाउँछे । उसका चाया परेका गालाहरुमा रङ्ग फेरिन्छ । कानहरु रगतको प्रवाहले भरिन्छन् । “आज तिमी र म बजार घुम्न जाने अनि आईसक्रिम किनेर खाने है” मैले शुन्यता भङ्ग गरे उसले सहमतिमा मुन्टो मात्र हल्लाई । मैले महिना अगाडी न्यूरोडबाट किनेर ल्याएको गुलाबी प|mक दराजबाट झिकें । अचम्मको रहर थियो प|mक किनेर राख्ने । मदरले हरबखत उक्र्साईरहिन् । दराज खोल्यै पिच्छे त्यो फ्रकमा एक कोपिला मुस्काउँथ्यो । आज त्यो कोपिला साक्षात मेरो सामुन्ने मेरो प्रतिबिम्व भएर खडा छ । मैले उसलाई फ्रक दिएँ । एकैछिनमा ऊ बिहानीमा मुस्काएको शिताम्मे फूल जस्तै सुन्दर देखिई । “ओहो ! कस्तो सुहाएको” मैले उसलाई ड्रेसिङ्गको ऐनामा पुर्याएँ । त्यो बिजुली चम्किए जसरी एक क्षणका लागि मुस्काई । अस्थिर हाँसो थियो त्यो किनकि स्थाईत्वको संयोग उसलाई थाहा थिएन । दिनभर मेरो गाडीमा हालेर काठमाडौ घुमाएँ । कुर्तासलवार, जुत्ता अनि कपालमा सजाउने चिटिक्क परेका क्लिप किनिदिएँ । साँझसम्म ऊ निकै रमाइ मसँग । “आज तपाईले घरमा खाना किन नखा’को – त्यो होटेलमा खाने पैसाले त घरमा खान कत्ति धेरै दिनलाई पुग्छ ।” त्यसको प्रश्न सान्दर्भिक थियो । आखिर मेरो क्लोन न हो । “तिमीसँग घुम्न पाएर मात्र खाएको नि !” मैले कुरो घुमाएँ । मैले उसलाई बिस्तारै कुरो खोल्नु थियो । उसको प्रतिकृया हेर्नु थियो । मलाई डर थियो कि ऊ आफ्नो मातृभुमी त्याग्ने कुरोसँग सहमत हुने छैन । म पनि भएकी थिईन जब मदर डेलीले मलाई आफुसँग लैजाने प्रस्ताव अघि सारेकी थिईन । मलाई मेरो मातृभूमी आफ्नाभन्दा पनि आफ्नो लागेको थियो । भोक, रोग र रछ्यान नै स्वीकार्य थियो मलाई । आत्मियता दिने ती बज्यै अमुल्य थिईन मेरा लागि । मलाई त्यो प्रस्तावले पगाल्न सकेको थिएन । म धकेलिएँकि थिएँ । मदरडेलीले मलाई छोरी बनाएका सरकारी कागजपत्रहरुले घिसारेर लगेको थियो मलाई । हवाईजहाजमा चढेपछि आँखाले भ्याउन्जेल काठमाडौं शहरलाई हेरेकी थिएँ । तर बिस्तारै-बिस्तारै सबै दृष्य क्षितिज पारी भयो । उसलाई पनि यस्तै अनुभुति हुनेछ – मनले भन्छ । “धनसरी, तिमीलाई म मेरी छोरी बनाएर विदेश लैजान्छु । तिमी मसँग जान्छ्यौ -” मैले उसलाई सुम्सुम्याउँदै सोधे । “हस्” ऊ बोलि । उसका आँखामा कुनै संकोच थिएन । उसले स्वस्फुर्त जवाफ दिई । “विदेश धेरै राम्रो हुन्छ अरे हैन -” उसले प्रश्न गरी ।म आर्श्चर्यचकित हुन्छु । कति दृढ जवाफ दिई उसले । कुनै शंका, भय बेगर । “हो त ! त्यहाँका मान्छेहरु राम्रा हुन्छन् । केटाकेटीलाई धेरै माया गर्छन् । स्कूलमा पनि सरहरुले असाध्यै माया गरेर पढाउँछन् । ठुला-ठुला पार्कमा घुम्न पाईन्छ । कस्तो रमाईलो हुन्छ ।” मैले बालसुलभ शैलीमा व्याख्या गरे । “कैले जाने – गैहालम् न । मलाई त त्यो भट्टामा बस्नै मन लाग्दैन । बज्यै मात्र आफ्नो जस्तै लाग्छिन् अरु सबै कस्ता-कस्ता छन् । कत्ति दुःख छ त्यहाँ । कमाको पैसा पनि साहुले दिदैन । खान पनि पेटभरी पाईन्न । मलाई त राम्रै लाग्दैन ।” त्यसले अवश्था एकैछिनमा दर्शाई । समय कत्ति फरक भैसकेछ । मैले मानिराखेको मेरो क्लोन त वैचारिक रुपले म भन्दा धेरै बलियो रहेछ । बास्तवमा के प्रति किन सद्भाव राखोस् उसले – दश-बाह्र बर्षी ऊ अन्योलपुर्ण भविष्यसँग एक्लै लडिरहेकी छ । स्वदेशमा पनि उसको कोही छैन भन्ने उसलाई पुर्णत ज्ञात छ । विदेशमा पनि कोही छैनन् आफ्ना भन्ने ऊ जान्दछे । बराबर छ उसको हिसाब-किताब । उसको मनमा विदेश राम्रो हुन्छ भन्ने कुराले घर बनाएको थियो । विदेशी नयाँपनको भयसम्मको त्यो अबोधले ख्याल गरिन । भोलिपल्ट बज्यै लिन आईन् । उसले बज्यैसँग भट्टा फर्किने चेष्टा गरिन । मेरो दायाँतिर मसँग ढेपिएर बसिरहि । मैले आधिकारिक कागजपत्रहरु तैयार पारिसकेकी थिईन । सरकारी स्वीकृतिमा सहीछाप गराउन बाँकि नै थियो । उसले मलाई छोड्न नचाहे पनि ऊ मेरी भैसकेकी थिईन । त्यसैले मैले उसलाई बज्यैको साथ पठाउनु नै थियो । “धनसरी, बज्यैसँग एकदुई दिन बस । त्रि्रा साथिहरुसँग पनि खेल । म फेरी तिमीलाई लिन आउँछु ।” मैले उसलाई बज्यैसँग फर्किने आग्रह गरें । “तपाईले मलाई सबै कुरा ढाँटेको मैले थाहा पाईहालें नि !” उसको म माथिको विश्वास छिनमै त्यागि । त्यसले आफुलाई तुरुन्तै बदलि । उसको अनुहारमा फैलिएको अनौठो रङ्ग छेपारोको जस्तो क्षणमै बदलियो ।बज्यैको साथ लागेर त्यो निस्किई तर उसले फर्केर एकनजर मलाई हेरिन । कागजात तैयार भए । सम्पुर्ण प्रकृया पुरा भएपछि म उसलाई लिन भट्टामा फर्किएँ । गेटमै साहु भेट भयो । खातिरदारी गर्यो मेरो । धनसरीलाई धर्मपुत्री बनाउन लागेको भन्ने थाहा पाएको रहेछ । “हजुरको कामको लागि म केही सहयोग गर्न सक्छु कि -” त्यसले कुरा शुरु गर्यो । “मेरो टाढाको नाता पर्नेकी छोरी बेसाहारा भएर मैले पालिराखेको छु । साह्रै माया लाग्दिछ बिचरी ! तपाईको फुर्सद छ भने एकपटक भेट्न जाउँ कि -” त्यसले प्रस्ताव राख्यो । “म त धनसरीलाई लिन आएकी । त्यसको सम्पुर्ण प्रकृया पुरा भैसके ।” मैले कुरा टुङ्गयाएँ ।पछि थाहा भयो त्यो भट्टावालले आफ्नै भाईको कुरो उप्काएको रहेछ जसका चार-चार वटी छोरी रहेछन् । कुनै विदेशीले लगे भाग्य खुल्थ्यो भनेर जानाजानि लागिपरेका छन् अरे घरका । बज्यैले भन्थिन् । म पुग्दा धनसरी आफुभन्दा अग्लोर् इंटको भारी उठाउँदै थिई । दश-बाह्र बर्षो कलिली केटी धुलाम्मे आवरणमा कत्ति निरीह देखिएकी थिई । मनर् इट्टा झैं गह्रौ भयो । पाईला दौडाउँदै पुगे उसको छेउमा । “धनसरी म तिमीलाई लिन आएकी ।” मैले भने बोक्न लागेको भारी एक हातले धकेलेर लडाएर मेरो छेउ आई । “बज्यै भारी लिएर पल्लोपट्ट गएकी छन् म भेटेर आईहाल्छु ।” ऊ साह्रै हतारिएकी थिई । मैले बज्यैलाई पनि घर साथै लिएर गएँ । लाग्यो – उनको पनि त हक बन्छ नि दुई रात सँगै बिताउने । उनी नहुँदी हुन् त शायद मेरो यो स्थान असंभव नै थियो । धनसरी पनि शायद त्यही रछ्यानमै जवानी स्वीकार्न बाध्य हुन्थि । दुई दिन पछिको फ्लाईट थियो धनसरी र मेरो जर्मनीका लागि । धनसरीको सरसफाई , किनमेल । फेरी आफ्नो लागि टिम्मुर अलिकति, अलिकति गुन्द्रुक, सिन्कि पनि त किन्नै पर्यो । कहिलेकाहीं आफ्नो देश र आफ्नाहरुको कल्पनाले सताउँदा मन बुझाउँन । पशुपतिनाथलाई पनि जहाँ पुर्याईदिए त्यसबापतको धन्यवाद दिन कहिल्यै छुटाएकी छैन । त्यो धनसरीलाई पनि देवताको दर्शन गर्नेर् इच्छा होला । जानै पर्यो । थुप्रै काम बाँकी नै थिए । तैयारी सकियो । भोलिपल्ट प्रभातमा पशुपतिको दर्शन गरेर साझँ उड्ने हिसाब मिलाएँ । “धनसरी मन्दिर जान नुहाई-धुवाई गर । छिट्टै फर्किनु पर्छ ।” मैले अह्राएँ “म मन्दिर जान्न ।” त्यसले जवाफ दिई । मान्छेले मान्छेलाई सम्मान गर्ने चलन नभएको परिवेश भए पनि भगवान् त मान्न बच्चाले पनि जानेको हुन्छ भन्ने थियो मलाई । उसको जवाफले अचम्ममा परे म । “किन नजाने -” मैले सोधें “मलाई भगवान् मन पर्दैन ।” ठाडो जवाफ दिई उसले । मदरडेली भन्थिन्- कोही पनि व्यक्तिको चाहना बिपरीत केही गर्न बाध्य नगर्नु । हरेकलाई आफ्नो सिद्धान्तमा र विश्वासमा बाँच्ने स्वतन्त्रता हुन्छ । अर्कालाई सम्मान गर्दै आफ्नो स्वतन्त्रामा बाँच्ने शैली उनैले मलाई सिकाईन् । म कसरी उनकोर् इच्छा बिपरीत धनसरीलाई बाध्य गर्न सक्थें – उसलाई घरमै छोडेर एक्लै दर्शन गरेर आएँ । साँझ बज्यैले रुदै बिदा गरिन् । बिदा गर्ने अरु न धनसरीका थिए न मेरा नै । एयरपोर्ट पुगियो । ऊ प्रफुल्ल थिई । ट्याक्सि भित्र बजेको गीतमा ताल भरिरहेका थिए उसका खुट्टाहरुले । जहाज उड्यो । साँझको झिलिमिलिमा काठमाडौं दुलही भएको थियो । बौद्ध, स्वयंभु, पशुपतिनाथ झिल्मिलाएका थिए । “धनसरी झयालबाट हेर त काठमाडौं शहर कत्ति राम्रो देखिएको छ ।” उत्साहित हुदै भने । “खै म त केही राम्रो देख्दिन ! त्यो त बत्तिको झिलिमिलि मात्र हो ।” ऊ बोलि ।आफ्नो जे हो त्यही नै त्याग्नु पर्दा पनि एउटा बाल मस्तिष्कमा कुनै भय छैन । कुनै नैराश्यता छैन । समय कुन बनौटमा परिवर्तन हुदै गईरहेछ । माटो, मान्छे, मन्दिर कसैप्रति मोह नहुनु – कस्तो बिडम्वना ! ! !

2 thoughts on “गुलाबी फ़्रक”

  1. yup, it’s fine to c one more
    yup, it’s fine to c one more Bajgain on the net.
    can u plz. send in ur details in the address below so that we can share about us together?

    [email protected]
    Debendra Bajgain
    Kathmandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *