जहाँ फुले नि, बनमा फूल,
भमराले, चाल पाउँछ,
धेरै घमण्डी नगर मैच्याङ्,
मेरो पनि ताल आउँछ !
भनेको कुरा टेरिनौ,
फर्केर मलाई हेरिनौ,
सम्झियो आफैंले मै रानी,
कसैको नभा’ जवानी,
जहाँ जान्छौ तिमी, थाहा हुन्छ,
देख्नलाई आँखा, सुन्नलाई कान,
धेरै ठुलो नबन मैच्याङ्
भनेको कुरा खुरुक्क मान !!
मरेर हामी जानुछ,
आखिर के नै लानु छ,
सोची हाल बेलैमा,
पछि पर्लौ हेलैमा,
म पनि त राम्रै छु,
हँसिलो मुहार, कसिलो जीउ
तीनतले घरमा राखौँला मैच्याङ्,
खाना दिउँला भात र घिउ……
राजेश रुम्बा लामा “अतृप्त: