Skip to content

यो मनलाई अझै कति जलाऔँ म (गजल)


तड्पिरा’को यो मनलाई अझै कति जलाऔँ म
आफैंलाई आफैंभित्र कति दिन छलाऔँ म ।।

पीडाहरू बल्झिदिँदा आँसु त्यसै झरिदिँदा
निर्जीव यो ठुटो शरिर कति दिन चलाऔँ म ।।

मजबुत मनलाई पनि कता कता अवरोध
कमजोर पारिकन केका लागि गलाऔँ म ।।

लिपिबद्ध जिवनका सुस्त सुस्त पाईलाहरू
मुर्ति जस्तो रुप बनाई कतिपल्ट ढलाऔँ म ।।

सबै माथी प्रभुत्व यो जगाई जगाई पनि
आफ्नै बल पुग्ने हुँदै त्यसलाई कति नलाऔँ म ।।

तर आज ति पाईला नि सुस्त चल्न थाल्दा
मन्द मन्द मुस्कान छरि सँधै किन पलाऔँ म ।।

सानो सानो रुप लिई अरु सामु खडा हुँदा
मालिक साप बनेजस्तो कतिलाई दलाऔँ म ।।

चाहे जति सुकै ठुलो बाधा आएपनि
“बसन्त”लाई ठुलो बोझले केका लागि थलाऔँ म ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *