Skip to content

त्यो दिन कहिले आउल साथी?


शान्तिको बिगुल फुक्दै
सारा नेपाली नाँच्ने दिन,
आफ्नै ठाउँमा पसिना पोखी
निर्धक्क मनले हाँस्ने दिन ।

सबै नेपाली एक भई
मिलीजुली बाँच्ने दिन,
डर त्रास रहित् जीवन
भबिष्यलाई साँच्ने दिन ।।

अरु राष्ट्रसँग पनि
असल मित्रताको नाता गाँस्ने दिन,
भलो गर्नेलाई भलो गरी
कूभलो गर्नेलाई मास्ने दिन ।।

भन्नुस् त साथी कहिले आउँछ त्यो दिन??

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *