Skip to content


धेरै भयो घरतिर नगाको
रोई रोई आँशुसँग चाडवाड मनाको
गोरु र कुकुरको पनि तिहार आयो
परदेशीलाई घरको यादले सतायो।

धेरै भयो घरतिर………….

यसपाली त भाइ आउँछ भनेर
बस्दी हुन् दिदी मेरो बाटो हेरेर।
सप्तरंगी टिका र मखमली माला ला’को
घाजी मिठाइ र टपरीमा सेलरोटी खा’को
सम्झना आउँछ देउसी भैलो गा’को
सबैको मुहारमा खुशी नै खुशी छा’को।

धेरै भयो घरतिर………….

डालीभरि मखमाली फूल टिपेर
उन्दी हुन् माला एक एक दिन गनेर।
आउन पाइन दिदी भनी सन्देश पठा’को
पक्कै पनि हात पर्‍यो होला उनको।
मलाई आशाको हत्त्यारा ठानेर
रुदै पो छन् कि कतै मुर्छा परेर।
नरुनु दिदी भनी खबर पठाछु
अर्को तिहार म म जसरी पनि आउछु।

धेरै भयो घरतिर………….

कृष्ण घिमिरे
हाल- दुबइ, यू ए इ

1 thought on “तिहार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *