Skip to content



सौम्य
गगनमा कावा खाँदै
पवनको बेगसँगै एक हुल
शान्ति दुत
स्यम्भुका निश्चल,शान्त र
निश्कंलक आँखाहरूमा उत्साह भर्दै
पशुपतिको घण्टासँगै
टङ्ग,टङ्ग,टङ्ग स्वर घ्वनीमा
उत्प्रेरणाको शङ्खघोष गर्दै
नयाँ आकाश,आकार,आकाक्षाको सदबीउ छर्दै
बुद्धका दुई आँखा ज्ञान र शान्ति भर्दैछ ।।
आज उडान भरी अंहकारले आत्माहत्या गर्दैछ ।।

घन्टाघरको
सामिप्यमा मस्जिद अमन,चैनको
आमिन अल्लाह ! भन्दै आत्मानुभुति बाँड्दै
भाइचारा रोप्दैछ,एकताको सन्देश फैलाउँदै छ
वशिभुत बनेर नयाँ पालुवा मौलाउँदै छ ।।

वरिपरि
चर्चसँग साक्षात्कार गर्दै
पादरीहरू देशको आँशुलाई रोक्न
किलामा झुन्डिएका परमेश्वरलाई बिन्ती चडाउँदै
सुषुप्त सङ्घर्षलाई ओज र गहनको प्रार्थना गर्दैछ ।
अवसान आँखामा न्याय,शान्तीको शुभकामना भर्दैछ ।।

तर
कुहिराले ढाकिएको आकाशमा
सम्साझैं अन्धकारले जरा गाडेको छ ।
पारी पट्टी पाशर्वछायाँमा
एक हुल गिद्धहरू चुचाहरू तिखार्दै
शान्तीदुतको उडान रोक्न उद्धेलित देखिन्छ ।।
उडान भर्ने शान्तिदुतहरू आन्दोलित देखिन्छ ।।

आत्मवलले कावा खाँदै
उडान भर्न निस्किएका बेगहरूले अझै बाज छल्नु छ ।।
उडान भने निस्किएका परेवाहरूले अझै वाद झेल्नु छ ।।
उडान भर्न निस्किएका पक्षीहरूले झनै साँझ झेल्नु छ ।।
होसियार पोखरीमा भोका गोहीहरू छन् !
आफैलाई ठुलो सम्झने ह्वेलमाछाका दाँतहरू पनि छन् ।
कहिल्यै नभरिने थुप्रै मनुवाका आँतहरू पनि छन् ।।
प्रमिथसको आशमा अझै शान्तिदुतहरू उडान भर्दैछ ।
आशा त्यान्द्रो झुण्डाएर पवनसँगै वेग बढ्दैछ ।।

बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’
मिति:०६७-०७-११ बिहिवार

2 thoughts on “उडान”

  1. निराशाबिचमा आशाले कविताको
    निराशाबिचमा आशाले कविताको अन्त्य गर्नु भएको छ। फेरि पनि साधुवाद तपाईंको Optimism को निम्ति।

  2. हजुरलाई धन्यवाद । शुभ दिपावली
    हजुरलाई धन्यवाद । शुभ दिपावली ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *