मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
सुन्तलीको तिहार
छक्कु उदासी — Mon, 11/01/2010 - 15:49
आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई ।
यसपाली पनि यसरी वरपर, खेतबारी र बाटा हुँदै रंगी बिरंगी तिहारे फूल धकमक्कै फुलेको देखेर सुन्तलीको मनमा उमंग छाएको हुन्छ । जता-जता तिहारे फूल फुलेका छन्, त्यतै आफ्नो प्राणप्यारो भाइको प्रतिबिम्ब देख्नुका साथै भाइ हाँसिरहेको पाउँन थालेको छ । गर्दा गर्दा फूलको बास्नामा पनि भाइप्रतिको अथाह माया र न्यानो सामिप्य बसाईरहेको हुन्छ । कतिखेर त सुन्तली तिनै तिहारे फूलहरूलाई हल्का सुमसुमाउँदै चुम्ने पनि गर्थी ।
आफूभन्दा दश बर्ष पछि जन्मेको भाइ, सुन्तलीको लागि संसारको सबै भन्दा प्यारो बस्तु बनेको थियो । भाइको राशीको नाम रुबिन भए पनि घराँ बोलाउँदा, गाली अथवा माया गर्दा पारिवारिक नामले लाटा भनेर बोलाईन्थ्यो । सानोमा अरुको भन्दा अस्वभाबिक रुपले मुख ढिलो लागेको थियो । सबैले लाटा बन्ने भो भन्ने अड्कल गर्नुका साथै चिन्ता गर्दा गर्दै बोल्ने भएकोले लाटा उपनामा रहेको थियो । नबुझ्ने हुँदासम्म त, "ए....लाटा" भनेर बोलाउँदा पनि मुसुक्क हाँस्थ्यो, "हडुल" (हजुर) भन्थ्यो । जब अलि बुझ्ने भएपछि लाटा भन्दा रिसाउने भएकोले लगभग अरुले त लाटा भन्न छोडिसकेका थिए । तर सुन्तलीले भने लाटा भन्न छोडेकी थिइन । आफ्नो भाइ दिन प्रति दिन पुर्ण रुपले बुझ्ने हुँदै गएपछि त दिदीले लाटा भनेकैमा रमाउन र मन पराउन थाल्यो । त्यति मात्रै हैन गर्व गर्न पनि थाल्यो ।

भखर लाउँ-लाउँ, खाउँ-खाउँको कलिलो उमेरका नेपाल आमाकी होनहार युवाशक्तीहरू दिनानु दिन बिदेशी तिरै भौतारिदै पलाएन हुँदैछन् । त्यही समयको भेल र भाग्यको खेलसंगै नेपाली संस्कारले सुन्तलीको प्यारो भाइलाई पनि बिदेश तिरै घोँक्रेठ्याकमा पारेको थियो । नचाँहदा नचाँहदै बैदेशिक रोजगारको शिकार बन्न पुगेको थियो । सुन्तलीको भाइले यो पाली पनि आउँन पाईन, नमरी बाँचिएछ र दैबले साँचेछ भने अर्को सालको तिहारमा त पक्कै आउँछु भनेर चिठ्ठीमा बाचा गरेको थियो ।
यो पटक त भाइ बिदेशबाट आउँछ भनेर सुन्तलीको लागि औंशीको रात पनि जुनेली बनेको छ । त्यस्तैगरी सन्तलीले भाइ टिकाको समान जुटाईरहेको छ । सप्तरंगी टिका भिजाएको छ । भाइको गला भरी सजाउँनको लागि रंगी बिरंगी माला बुनेको छ । भाइले के खान्छ, के खादैन, के मनपराउँ छ, के मन पराउँदैन भन्ने मनमनै गुनेको छ । घरमा भाइ नहुँदाको तिता अनुभवहरू छातीभित्रै उनेको छ ।
सुन्तलीलाई बाटामा कोही नौलो मान्छे आएको देखे पनि आफ्नो भाइ आएको झै लाग्न थालेको छ । झनभन्दा झन तिहार नजिकिंदै छ । तर...तर खै..........न भाइ आयो, न भाइको चिठ्ठी नै आयो, सुन्तलीको सारा सपना हुरीले उडायो ............ !
| Attachment | Size |
|---|---|
| 20101101_Sayapatri.jpg | 89.69 KB |
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 33 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ
- मलाई मेरो नेपाल चाहिन्छ
- तिम्रो पछ्यौरी उडायो हावाले
- जिन्दगीले यसरी धोका दियो कि
- गिलास
- तिनको नकचरो पोइ (मनोवाद कथा)
- शंकर लामिछानेको सम्झना
- भन न तिमी कहाँ लुक्यौ ? (सेलो)
- विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक
- अब गरेर पनि के गर्ने
- कागज
- म, अक्षर र मेरो कविता
- एउटा र्स्पर्श
- शालिकको मुखाकृति (लघुकथा)
- आत्मा-हत्याका बाधाहरू
- बेल्जियममा कविताको एक साँझ सम्पन्न
- विदेशी हात
- बिना कारण् रुन्छ यो मन
- थाहा छैन हिजआज किन धेरै पिउन लाछु
- केही मुक्तक जिन्दगीका

suntalilai mero "happy tihar"
अतिथि — Sat, 11/06/2010 - 19:08suntalilai mero
"happy tihar"
suntalilai mero "happy
अतिथि — Sat, 11/06/2010 - 19:09suntalilai mero
"happy tihar"
http://www.youtube.com/watch?v=aSfMgQYMgMg
Bhai Sangako maya mamata yeti
Kushum (not verified) — Tue, 02/01/2011 - 16:58Bhai Sangako maya mamata yeti ghadha dekhda Sarai khusshi lagyo.
Post new comment