मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
परिवर्तन
pushpa — Thu, 09/04/2008 - 19:56
'क्रिस्मस ट्री ल्याउन त ढिला भयो भयो अब सजाउने काममा त सघाउ, क्रिसमस आउन केही दिन मात्रै त बाँकी छ अब, अरु सबै छिमेकिहरुले क्रिसमस ट्री सजाएको एक हफ्ता हुन लागिसक्यो ''
मलाई क्रिसमस ट्री सजाउन प्रयोग हुने बत्ती, घन्टिहरु, कपास अनी झिलिमिली कागजका टुक्राहरु भएको बाकस दिंदै मेलानी अरु साथीहरुलाई बोलाउन गइन।
हो त, क्रिस्मस आउन पुग न पुग एक हफ्ता मात्र त बाँकी छ तर किन किन यसपाली मलाई क्रिस्मसमा त्यती इन्ट्रेस्ट छैन। यसपाली त झन क्रिस्मस कै दिनमा मेरो ड्युटी परेको छ। यो होस्टलमा आए देखि मेरै नेत्रित्वमा क्रिस्मस ट्री सजाउने काम हुने गरेको छ। पोहोर साल, परार साल र त्यसभन्दा पहिलाको बर्ष, पुरा तीन बर्ष पुरा भयो यो होस्टलमा। सुरुको बर्ष नै क्रिस्मसमा मेरो अग्रसरता देखेर साथीहरु अचम्म परेका थिए, 'तिमी त हिन्दू हैन', 'नेपालमा पनि क्रिस्मस मनाइन्छ र', 'तिमीले फलो गर्ने धर्मले अरु धर्मको चाड पर्ब मनाउने अनुमती दिन्छ र' जस्ता बिभिन्न प्रश्नहरुको ओइरो नै लगाएका थिए।
मलाई थाहा छैन मेरो धर्मले अरु कुनै धर्मको चाड पर्ब मनाउने अनुमती दिन्छ कि दिंदैन अथवा हिन्दू भएर क्रिसमस मनाउन हुन्छ कि हुँदैन तर म सानै देखि क्रिसमस मनाउँदै आइरहेको छु, धार्मिक रुपमा भन्दा पनि सामाजिक रुपमा। मेरो घर सँगै जोडीएको घरमा एक जना क्रिस्चियन दम्पती बस्छन। हरेक बर्ष क्रिस्मसको दिनमा उनिहरुले टोल भरिका बच्चाहरुलाई आफ्नो घरमा बोलाएर क्रिस्मस मनाउने गर्छन्। मीठा मीठा परीकारहरु, अनि रमाइला खेलहरु र अन्त्यमा आकर्षक उपहार ! क्रिसमस पार्टी हामी बच्चा बच्चिहरुको लागि दसैं तिहार पछीको सबैभन्दा प्रतिक्षित इभेन्ट हुन्थ्यो। फेरी बाबा यु. एन. मा काम गर्ने भएको हुनाले क्रिस्मसको दिनमा बाबाको अफिसमा पनि पार्टी हुन्थ्यो, धेरै चोटि म पनि गएको छु बाबा-मामु सँगै, हरिहर भवन, यु एन हाउसको क्रिस्मस पार्टिमा।
मलाई क्रिस्मस ट्री सजाउन खुब रमाइलो लाग्छ। म यो होस्टलमा आएको दोस्रो बर्षदेखी नै क्रिस्मस ट्रीको जिम्मा मेरै भागमा परेको छ। पहिलो क्रिस्मसमा म यो होस्टलमा नयाँ भएको हुनाले म त्यतिबेला सहयोगि मात्र थिए। तर त्यसपछीको हरेक बर्ष क्रिस्मस ट्री किन्न म आँफै जान्छु। हुन त हाम्रो होस्टल भन्दा केही दुरीमा मात्रै क्रिस्मस ट्रीको बजार लाग्छ तर म क्रिस्मस ट्री किन्न झन्डै डेड सय किलो मिटर ड्राइभ गरेर पोल्यान्डको बोर्डरसम्म पुग्छु। मलाई क्रिस्मस ट्री बगैचामैं गएर, राम्रो बुटा छानेर, आँफै काटेर ल्याउन खुब रमाइलो लाग्छ। यसरी यती टाढा आएर क्रिस्मस ट्री किन्दा होस्टल सँगैको बजारमा किनेको भन्दा दस गुना बढी पैसा पर्छ तर आँफैले छानेर, आँफैले काटेर क्रिस्मस ट्री होस्टलमा लिएर जानुको आफ्नै मजा छ जुन पैसामा तुलना गर्न सकिंदैन। हजारौं बुटाहरु मध्यै आफुलाई मन परेको बुटा छानेर, इलेक्ट्रिक स: ले फेदै देखी काटेर, प्याकिङ गर्ने मेसिनमा त्यो बुटालाई हालेर सेतो जालिले प्याक गरेर, गाडीको डिक्किमा राखेर होस्टलमा ल्याएर सजाउनुको आफ्नै मजा छ। दसैंमा खसी बजार गएर, आफुलाई मन परेको घोर्ले खसी छानेर, गाडीको पछाडि हालेर घरमा ल्याएर आगनमा बाँधेको जस्तै।
हाम्रो परिवारले बली चढाउन हुँदैन तर पनि मेरै जिद्दिले गर्दा धेरै पहिला देखि हामीहरु दसैंमा खसी काट्दै आएका छौं। टोलमा दसैं आउन आउन लाग्दा साथीहरुले खसीको डोरी तानेर खसी चराउन लगेको देखेर मलाई पनि खसी चराउने रहर लाग्थ्यो। रोइ कराइ एउटा बर्ष खसी किनाइ छोडे, त्यसपछी त हरेक दसैंमा खसी किन्ने क्रम नियमित नै हुन गयो। खसी किन्न बाबासँग म आँफै खसी बजार जान्थे, मन परेको खसी म आँफै छान्थे अनि आँफै डोर्याएर गाडीसम्म ल्याउथे। हरेक साँझ साथीहरु सँगै चौरमा खसी चराउन जान्थे। खसी काट्ने दिन मलाई खुब नरमाइलो लाग्थ्यो तर दसैंको खसी न हो, त्यसले त काटिनै पर्थ्यो। फेरी अर्को बर्ष त्यही क्रम दोहोरिन्थ्यो। पोहोर सालदेखि मेरै अग्रसरतामा दसैंमा खसी काट्ने क्रम बन्द भयो। धेरै बर्षदेखी नियमित रुपमा चलेको क्रम भए पनि बाबा मामुलाई कुनै आपत्ति भएन, आखिर मेरै लागि यो क्रम सुरु गरिएको थियो, मैले गरेर नै बन्द भयो, अब हामी कहिल्यै खसी काट्दैनौं।
समयसँगै परिवर्तन भईंदो रहेछ। पोहोर साल दसैंमामा घर जाँदा चङ्गा पनि उडाइएन, खसी काट्न पनि बन्द गरियो, न त तिहारमा देउसी नै खेल्न गइयो, यसपाली होस्टलको लागि क्रिसमस ट्री किन्न पनि गइन । फुर्सद नभएको त हैन तर किन किन क्रिस्मस ट्री किन्न मात्र त्यती टाढा जानै मन लागेन। यही क्रममा क्रिस्मस ट्री किन्न ढिला भएर साथीहरुले यतैको क्रिस्मस ट्री बजारबाट आज मात्र क्रिस्मस ट्री किनेर ल्याएछन।
यि झिना मसिना कुराहरु भन्दा पनि अब भोली के गर्ने, कसरी क्यारियर बनाउने भन्ने कुरामा बढी ध्यान जान थालेको छ। कपाल पनि मिलाएर काट्न थालेको छु, च्यातिएको प्यान्टहरु थन्काइएको पनि केही समय भईसकेको छ, कानमा लगाएको मुन्द्री पनि केही पहिला नै फुकालिसकेको छु। शायद अब परीपक्व भईयो, एक पुस्ता बुढो भईयो।
पिट साम्प्रासले पहिलो ग्रान्ड स्लाम जित्दा साथीहरुको अटो बुकमा बेस्ट प्लेयर पिट साम्प्रास भनेर लेख्ने पुस्ताको मान्छे, अहिले त पिट साम्प्रास ले १४ वटा ग्र्यान्ड स्ल्याम जितेर सन्यास लिइसके पछि पनि फेडररले नै १२ वटा पुर्याइ सक्यो। तै प्रदर्सनी म्याच मै भए पनि भरखरै साम्प्रासले फेडेररलाई एउटा म्याचमा हराउँदा त्यती बुढो पनि भईएको छैन कि जस्तो लाग्छ। जयसुरियाको बिस्फोटक ब्याटिङ हेर्ने बानी परेको पुस्ताको मान्छे जयसुरियाले पनि सन्यास लिइसकेछ। तै अझै धेरै बुढो नै त भईएको छैन भनेर आँफैले आँफैलाई सान्त्वना दिन अझै एक दिवसिय मै भए पनि जयसुरियाको बिस्फोटक ब्याटिङ हेर्ने मौका मिल्ने नै छ।
बर्लिन पर्खाल भत्काइएको क्षण टि भि मा हेरेको पुस्ताको मान्छे अहिले त्यही भत्काइएको पर्खालको पारी पट्टी बस्न थालेकै आधा दसक बढी भईसकेछ। पहिलो पल्ट सि एन एन आउँदा 'अपरेसन डेजर्ट स्ट्रोम' को पहिलो दिनको कारवाहीको प्रत्यक्ष्य प्रसारण हेरेको मान्छे, अहिले त सद्दाम हुसेनको नामोनिसान मेटाएर इराकमाथि अमेरिकि कब्जा भएको पनि आधा दसक भइसकेछ। समय धेरै अगाडि बढी सकेछ।
पोहोर साल दसैंमा घर जाँदा पुरानो कलेज पनि गईएको थियो। त्यतिबेला भरखर एउटा टहरोमा क्यान्टिन सुरु गरेको दाइले मजाको पक्की क्यान्टिन बनाइसक्नु भएको रहेछ। अझ त्यतिबेला भरखर जन्मेको उनको छोरा त घाँटिमा टाइ झुन्ड्याएर स्कूल जाने भाईसकेको रहेछ। त्यतीबेला मलाई 'भाई' भन्ने क्यान्टिनको दाइले यसपाली 'सर' भनेर सम्बोधन गरेको सुन्दा समयको गती महसुस भयो, साँच्ची समय कती चाँडो बितिसकेछ।
'लौ हेर, झन यसपली क्रिसमस ट्री किन्न त गएन गएन, सजाउने काम त गर भनेको पनि सुनेको नसुने झै गरेर आराम कुर्सी मै के के सोचेर बसिराखेको रहेछ !'
मेलानीको आवाजले झसँग भएर बर्तमानमा आउँछु। मेलानी तथा अरु साथीहरु मलाई प्रश्न बाचक दृष्टिले हेरिराखेका छन। भुँइमा सेतो जालिमा प्याक गरेको क्रिस्मस ट्री जस्ताको त्यस्तै छ, दसैंमा काटेको खसी जस्तै डङ्रङ लडेको। त्यही भुँइमै क्रिस्मस ट्री सजाउन प्रयोग हुने सामानहरु पनि बट्टाबाट झरेर भुँइमा छारिएका छन: बत्ती, घन्टिहरु, कपास अनि झिलिमिली कागजका टुक्राहरु!
25.12.2007
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 34 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- जिन्दगीले यसरी धोका दियो कि
- सिउँडीको जंगल
- कहाँ छ दुनिया
- मेरी आमा
- दर्शन
- उनकै यादले बहकाउँछ मलाई
- अम्रिसो र चियाका बुटामा लुकामारी खेल्दै इलाम र पाँचथरतिर
- कहिले इज्जत गाँस्ने ?
- तमासा
- आफ्नै नजरमा आफ्नो दुर्गति
- फुटकर कविता
- अमृत फल्ने सञ्जीवनी
- सुन्तलीको तिहार
- आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ
- मलाई मेरो नेपाल चाहिन्छ
- तिम्रो पछ्यौरी उडायो हावाले
- गिलास
- तिनको नकचरो पोइ (मनोवाद कथा)
- शंकर लामिछानेको सम्झना
- भन न तिमी कहाँ लुक्यौ ? (सेलो)

>कानमा लगाएको मुन्द्री पनि
kumar — Thu, 09/04/2008 - 23:24>कानमा लगाएको मुन्द्री पनि केही पहिला नै फुकालिसकेको छु।
हो र??????????
गाँठे तपाईंको लेख पढ्दा त मलाई पनि बुढो बन्या जस्तो लाग्यो!!! तर कुरा सोह्र त के २५ अै आना सही हो। आफू पनि परियो १९९० को फुटबल अलिअलि सम्झिने! अनि ९४ को फुटबल त पुरै मज्जासँग सम्झिने। राजीव गान्धीको अन्त्येष्टि दूरदर्शनबाट प्रतक्ष्य हेरको मान्छे परियो। क्यार्नी दिन कति छिटा गाका हुन?
खसीलाई माया गरी पालेर अन्तीममा त्यसैलाई काटेर स्वाद मानी मानी खानी कुरा पढ्दा देउकोटा बाजेको कविता याद आयो
मासु मासु मज्जा
बोसो बोसो रसमा रस
मिल्ला जो जो प्रेम गरिकन
कविहरु गाउलान् त्यसको यश
बोके 'रुनु' भो रुनु बोके भै,
मिलन हओस् ता यस्तो मिलन
प्रेम कहानी अरु सब फोस्रा
सच्चा दिलको यही हो चलन
Post new comment