Skip to content

नदीहरू प्यासी भय पानी पाइन मैले ।
गणतन्त्र जन्मियो जवानी पाइन मैले ॥

कस्तो दही जम्यो कुन्नि संबिधान सभामा ।
मथेर घिऊ पार्ने मदानी पाइन मैले ॥

भोकमरीले रोयको छ सधै कर्णाली हेर ।
नून चामल पुरयाउने ढुवानी पाइन मैले ॥

रुपिया जति डलर बनि बिदेसमा पुगे ।
देस विकास गर्ने लगानी पाइन मैले ॥

जताततै फोहोर र दाग मात्र लाग्यो ।
धोयर सफा पार्ने खरानी पाइन मैले ॥

बोलेर सकिय छैन कुरा फेरी हालछ्न ।
नेताहरु जस्तो कोही बैमानी पाइन मैले ॥

रुपन्देही रुद्रपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *