Skip to content


भन भन साथी हो – देउसी रे
बेस्सारी भन – देउसी रे

खल्टा खुल्टी बाटो –
हिलो र माटो – देउसी रे

दुइचार बल्ड्याङ – खाएका हामी
जाम परी – आएका हामी
महङ्गीमा सास्ती – पाएका हामी
लोड्सेडिङ्मा टुकी – ल्याएका हामी
महङ्गीले जनता सलाल
लोड्सेडिङ्मा नेपाल झलाल ।

हे कार्तिके दान – देउसी रे
हे कुर्सीले हान – देउसी रे
जुत्ताले हान – देउसी रे
घुसले हान – देउसी रे

चुनाब हारी – आएका हामी
मन्त्री पद – खाएका हामी
प्रभुको आशिक – पाएका हामी
सधै दिल्ली – धाएका हामी

मन्त्री बन्न सभासद चाहिंदैन
सभासदलाई मन्त्री नि पाइदैन ।

हे भन भन साथी हो – देउसी रे
हे दक्षिणकाली – देउसी रे
तिमीलाई फाली – देउसी रे
हे उत्तरकाली – देउसी रे
घर भित्र हाली – देउसी रे
सरकार ढाली – देउसी रे
नयाँ चाल चाली – देउसी रे
स-साना पार्टीलाई – देउसी रे
बेस्सारी उचाली – देउसी रे
ठुल ठुला पार्टीमा – देउसी रे
हे घनी भुत हाली – देउसी
सरकारमा जान – देउसी
आएका हामी – देउसी रे

सरकार कस्ले बनाउछ जान्याछु
नयाँ कार्ड चाइनालाई हान्याछु ।

भन भन साथी हो – देउसी
ह्विस्की मासु – देउसै रे

सरकार कहिले – बन्ने हो
संबिधान कहिले – बन्ने हो
नयाँ नेपाल कसरी – भन्ने हो
शत्रुले खाल्टो – खन्ने भो
पत्रुलाई सबले – मान्ने भो
हे बाउभन्दा छोरो – जान्ने भो
चारअसा गाजा – तान्ने भो
तरुनी धेरै – छान्ने भो
देशमा सरकार कहिले – बन्ने हो
नयाँ नेपाल कसरी – भन्ने हो ।

हे भन भन साथी हो – देउसी रे
राम्ररी भनन् – देउसी रे
हे बजेट ल्याउन दिन्नौ – देउसी रे
गोरु ब्याउन दिन्नौ – देउसी रे
मेलम्ची ल्याउन दिन्नौ – देउसी रे
बिकास गर्न दिन्नौ – देउसी रे

बजेट ल्याउदा म पनि हेर्नेछु।

हे भन भन साथी हो – देउसी रे
हे रम्ररी भन – देउसी
एक भाइ कले – देउसी रे
एक भाइ माले – देउसी रे
एक भाइ झाले – देउसी रे
बन्नलाई भाले – देउसी रे
उम्मेद्वारी हले – देउसी रे
सबै हार्न थाले – देउसी रे
सधै हार्न थाले – देउसी रे
कोही छला गर्न थाले – देउसी रे
कोही बल गर्न थाले – देउसी रे

छना माथि फर्सी घिरौला
रामचन्द्र प्रधानमन्त्री कसरी बन्छन हेरौंला ।

आशिक
सरकार बनोस – देउसी रे
संबिधान बनोस – देउसी रे
बन्दुकमा खिया लागोस – देउसी रे
घुसखोरीलाई पखला लागोस – देउसी रे
शान्तिले देश ढाकोस् – देउसी रे

माछी मारी खिदा – देउसी रे
लौ लियौ बिदा – देउसी रे

7 thoughts on “देउसी गीत”

  1. राम्रो छ है
    हासो पनि लाग्यो । तर नेपालको राज्नीतिक वास्तविकतालाई ब्यङ्यमा उतारेकोमा प्रेम जी हजुरलाई बधाई छ ।

  2. हासो पनि लाग्यो । तर नेपालको
    हासो पनि लाग्यो । तर नेपालको राज्नीतिक वास्तविकतालाई ब्यङ्यमा उतारेकोमा प्रेम जी हजुरलाई बधाई छ ।

  3. ठिस बुढा

    प्रेमको ओली देउसी गीत
    नमस्कार !

    राम्रो छ, उत्तरोत्तर प्रगतिको कामना !
    धन्येबाद

  4. राम्रो छ।
    राम्रो छ।तर अझै उत्कृष्ट हुन सक्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *