• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

चोकको कथा

Sushil Subba — Thu, 11/04/2010 - 01:03

  • गद्य कविता
  • सुशील सुब्बा

म भर्खरै समय
पालुवामा खेल्दै हुर्किदै थिएँ
बुद्धि
हरियो र काँचो
मेरा धानका बालाहरूमा
लहराउदै थियो ।
परिस्थितिहरू
भत्किन लागेका पुलहरू
ममाथि तर्दै थिए ।

चोरहरू जस्ता घटना
पित्त जस्तै सत्यता
लुगाले छोपे जस्ता लाजहरू !

कत्ति छन् कत्ति
मैले उजुरी गर्नुपर्ने कुराहरू
आकासबाट उल्का झरेर गएको निहुमा
म कसरी पत्रकार सम्मेलन डाक्नु ?
टोक्न त मलाई
मच्छडले नै टोकेको हो नि !
तर कसरी अदालत जाउँ ?
राती आकास तर्फ नफर्किनू
उल्का खस्छ !
साँझपख बाहिर घुम्न नजानू
मच्छडले टोक्छ !
कति कम्जोर छन्
यी अर्तिहरू !
भेलको अगाडि
बालुवाको बाँध जस्तो ।

कसले भन्न सक्छ
यो चोकको धुलोले
मेरो चौबन्दी मैलो बनाएन भनेर ?
कसले भन्न सक्छ
यहाँ पर्ने दर्के झरीले
मेरो छाता समेत छेंडेर
मलाई चुटेन भनेर ?
म आँसु चुपचाप चुपचाप बगेको छु ।
म सुनसान सुनसान बादल गर्जेको छु ।
फगत्
चोरहरू जस्ता घटना
पित्त जस्तै सत्यता
लुगाले छोपे जस्ता लाजहरू !

कत्ति उल्काहरू झरे
देउसी—भैलीको रातमा
कत्ति दर्के झरी झर्‌यो
प्रतिभा—साँझमा
आँखाहरू लुक्दारहेछन्
धुलाका माझमा
आँखाहरू सुतिजाँदा रहेछन्
मध्यरातमा ।
फगत्
चोरहरू जस्ता घटना
पित्त जस्तै सत्यता
लुगाले छोपे जस्ता लाजहरू !

उम्लिरहेको तेलबाट
झीरले उनेर निकालें
तिम्रो तस्वीर पो होला भन्ठानें
तर सेलरोटी पो रहेछ
के गर्नु ?
तिहार हो
माइतीहरू आएका छन्
हाँसेर, मिलेर खानै पर्‍यो ।
म कत्ति कत्ति विलेर
मैनबत्ती पग्लिन्छु ।
म सलेदो जलेर
दीयो बलिरहन्छु ।
फगत्
चोरहरू जस्ता घटना
पित्त जस्तै सत्यता
लुगाले छोपे जस्ता लाजहरू !

तिम्रो तिर्खामा पानी
तिम्रो खुट्टा पखाल्न पानी
तिम्रो जिउ तात्तिदा
पौडी खेल्न त्यै पानी
पख !
चैत–बैशाखको घाम आवोस्
तिमी फेरी पौडी खेल्नलाई
हामफाल्ने बेला
म भक्भकी उम्लिएको पोखरी भइ
तिम्रै प्रतिक्षामा रहनेछु
आऊ ... !

  • 2796 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    1 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 sec ago
  • Reply to comment | मझेरी डट कम
    7 sec ago
  • Reply to comment | मझेरी डट कम
    10 sec ago
  • खहरेको भेल-रहेछ | मझेरी डट कम
    12 sec ago
  • Reply to comment | मझेरी डट कम
    14 sec ago
  • Reply to comment | मझेरी डट कम
    14 sec ago
  • Reply to comment | मझेरी डट कम
    19 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • म पानी हुँ
  • कुकुर
  • समयकाे धुन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • गजल
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • महलकी रानी
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • खहरेको भेल-रहेछ
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • मेरो गाउँको धारो
  • मायालु दाजु कृष्णचन्द्रसिंह प्रधान
  • झुकेर म पाउ तिम्रो छुन पाइरहुँ
  • नदी, बस्ती, र सम्बन्ध
  • दिग्भ्रमित मन
  • छरेर ढुङ्गामा बिउ
  • जीवन, यात्रा र पोकली झर्ना
  • माया
  • काँडाको आँखामा राम्रै संसार
  • भाग्य नाराँ
  • दुई मुक्तक (शिकार गर्ने)
  • जिन्दगी
  • दशैँ
  • सूर्तीको स्वाद
  • म त्यो सुन्दर देशको मान्छे
  • पिनास र हृदयघात
  • शंखघोष एउटा सङ्ग्रामको
  • "बुद्ध एयर"
  • घात भयो जिन्दगीमा
  • तिम्रो साथको आशा बोकी..........
  • भन तिमी भन्दा म के काम छ
  • गणतन्त्र
  • अनौठो पो हुदो रैछ
  • एउटै काटीले सिङ्गो शरीर जलाउने गर्छु म
  • चौथो जगदीश घिमिरे स्मृति सभा सम्पन्न
  • पाप लाग्छ
  • सीमा कसले तोक्ने...?
  • शहीदलाई सलाम !
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित