एक्लोपना छायो हजूर आफन्तको अभाव भयो !
जीवन मेरो तातो झिरमा उनीएको कबाब भयो !!
देखेको थें मीठा सपना उनी सँगै कति कति !
तर आज टुट्यो सबै मात्र एउता खवाव भयो !!
हारे मैले आफैसँग जीतको बाजी राखे पनि !
उनै ज्ञानी उनै महान उनकै ठुलो रावफ भयो !!
कतै पाईन आफन्तको एक मुट्ठी माया मैले !
माया भन्ने चीज पनि अचेल मलाई मजाक भयो !!
पीड़ाहरू प्रश्न गर्छन किन तिमी निराश ‘नवु’ !
खोई के बोल्ने दुनियामा ‘पाखेली’ नाजवाफ भयो !!