Skip to content

सगरमाथाको गीत गाउँछौ कसरी ?

  • by


सगरमाथाको गीत गाउँछौ कसरी ?
सधैं रूने जम्नभूमि हेर्ने आउँछौ कसरी ?

सिन्दुरहरू पुछिँदैछ सगरमाथा नि झुक्दैछ
चन्द्र-सूर्य झण्डाको इज्जत जोगाउछौ कसरी ?

‘शान्ति क्षेत्र’ नेपालमा किन बढ्दै छ अशान्ति
संसारले खोजे ‘गौत बुद्ध’ देखाउँछौ कसरी ?

स्वदेकै लागि मर्दैछन् अझै नि वीर
ढलेका यी दाजुभाइलाई उठाउँछौ कसरी ?

बुद्धको भूमि स्वदेशमा किन सधैँ हत्या-हिँसा ?
‘शान्ति-क्षेत्र’ नोपल हो भनी चिनाउँछौ कसरी ?

धापाखेल, नागदह, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *