Skip to content


घुम्दै-फिर्दै, शरद ऋतुले नील-आकाश खोल्यो ।
झर्ना नाच्दै, मधुर सुरमा, शारदी गीत बोल्यो ।।

बेली-जाई, जुई-मखमली, फक्रँदै कान्ति खोले ।
देवी लक्ष्मी, पुलकित बनी शान्ति सम्वृद्धि बोले ।।

राता ताता तिलक जमरा छर्दछन् शुभ्र भाव ।
आमा मामा जनक मनमा भाव फुल्छन्अथाह ।।

अग्ला सग्ला हृदय ममता स्नेह सम्मान शान ।
ल्यायो जादू शरद क्रृतुले क्रान्तिकारी बिहान ।।

काली दुर्गा जगत भरिका दातवी दुन्द मास ।
लक्ष्मी आफ्ना अनुपम प्रभा पुर्ण पारेर हाँस ।।

भोका नाङ्गा घर झुपडीमा पोरखी हात बन्दै ।
देवी लक्ष्मी डुल घरघरै शान्ति समृद्धि खन्दै ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *