Skip to content

गजल मुख्य विधा हो कि सहायक विधा ? [ गजल संवन्धी बहसमा भाग लिऔ ।] श्रृंखला – ३


[ तपाईले आफ्नो विचार पठाउनु भयो के छैन भने चाँडै पठाउनु होस ।

गजलले छोटो समयमै नेपाली माटोमा लोकपृयता हाँसिल गरेको छ । यो सर्व विधितै कुरो हो । के वुढा के तन्नेरी सवै जना आज गजलमा रमाउन थालेका छन । रम्न थालेका छन । गजलको सुगन्ध लिन लालायित छन । जताततै गजलीय माहौल वढ्न थालेको छ । हुन त यस विधामा अध्यावधी थुप्रै कमी कमजोरीहरु विध्यमान छन नै । पछिल्लो समयमा आएर थुप्रै सवालहरु उव्जिन थालेका छन । कमी कमजारी सवै विधामा हुन्छन । त्यसलाई सुधार्दै लैजानु पर्छ । ती सवाहरुको उत्तर खोज्नु आवस्यक देखिएको छ । गल्तिलाई सुधार्दै जानु नै वुद्धीमता पुर्ण व्यवहार पनि हो । यो तितो यथार्थलाई कसैले पनि नकार्न मिल्दैन । र नकार्ने छैनन भन्ने पनि हो । गजल संवन्धी बहसले संधै यही आसा पाल्दै आएको छ । र पालिरहने जानकारी पनि गराउन चाहान्छु ।

विधागत लोकपृयतामा सवै गजलप्रेमीहरु हौसिएका छन र हौसिनु पर्छ पनि । लोकपृयता संगै यसमा परिस्काको पनि आवस्यक्ता महसुस हुन थालेको छ । थुप्रै मानिसहरु परिस्कारको आन्दोलनमा लागेका छन । र लाग्ने क्रममा छन । परिस्कार आजको आवस्यक्ता पनि हो । गजलमा मात्र नभएर परिस्कार सवै विधामा आवस्यक मानिन्छ । यसलाई नकारात्मक दृष्टिले हेर्नु पनि हुदैन । गजल संवन्धी बहस पहिले देखि नै परिस्कारको पक्षमा छ । तर नाम मात्रको परिस्कारको पक्षमा भने छैन । नाम मात्रको परिस्कार भन्नाले परिस्कारको नाममा गजललाई कुरुप वनाउने । गजललाई क्लिष्ट वनाउने पक्षमा भने छैन । यसको उद्देस्य भनेको पनि गजलको विकासमा सहयोग पुर् याउनु नै हो । यसको लागि आवस्यक पर्ने संद्धान्तिक खुराक दिनु र गतिविधीका विरुद्धमा सरिक गराउनु पनि हो । सचेतनाको लागि आवाज वुलन्ध पार्नु पनि हो । र यस कार्यमा संधै लागिरहने छ ।

गजलको श्रीवृद्धिमा अनवरत रुपमा लागिरहनु हुने व्यक्ती संघ संसथाहरु संग सहकार्य गर्न ग।स।ब। संधै तयार रहेको जानाकारी गराउन चाँहान्छु । यसले कसैको अस्तित्वमाथि धावा वोल्ने छैन । सवैको भूमिकालाई उच्च मूल्याङ्कल गर्दै आएको छ र गर्दै जाने छ । सवै संग हातमा हात र काँधमा काँध मिलाएर अघि वढ्न तयार छ । एक पटक गजलको परिस्कार आन्दोलनमा लाग्नु हुने तमाम महानुभावहरुका साथै गजल संवन्धी बहसमा सहभगिता जनाउनु हुने महानुभावहरुमा आभार व्यक्त गर्न चाँहान्छु । साधुवाद टक्र्याउन चाँहान्छु । साथै वाँकी दिनमा पनि सहयात्रा पाउने आसा लिएको छु ।

आज गजललाई एउटा छुट्टै विधाको रुपमा स्थापित गर्नु पर्छ अव गजललाई कविताको उप विधाको रुपमा मात्र स्वीकारिनु हुदैन । एउटा अलग्गै श्वतन्त्र तथा पूर्ण विधाको रुपमा स्थापित गर्नु पर्छ भन्ने विचारहरु आइरहेका छन । यी विचारहरु नेपाली गजलको विकासका लागि सहयोगी हुन सक्ने तर्फ पनि सोच्नु पर्ने वेला आएको छ । त्यता तर्फ पनि एक पटक विचार गर्ने हो कि ?

के यो विधालाई उप विधामा मात्र नभएर एउटा छुट्टै विधाको रुपमा स्थापित गर्न के गर्नु पर्ला ? अथवा तपाईको विचारमा यो मुख्य वा सहायक विधा के हो यहाँ स्वतन्त्र तथा सकारात्मक विचारको आसा लिइएको छ । तपाईका त्यस्ता विचारको संधै सम्मान गरिने छ । तपाईका सुन्दर तथा सकारात्मक विचारलाई बहसको मूल लेखमा पनि समावेश गरिने छ । धन्यवाद ।

* केशु बिरही *
गजल संवन्धी बहस

आफ्नो विचार बहस कर्ताको इमेल ठेगानामा सिधै पनि पठाउन सक्नु हुने छ । जस्को लागि email Add [email protected] रहेको छ

[नोटः गजल संवन्धी बहसको अवधारणा पत्र पढ्न पनि नभुल्नु होला ।]

9 thoughts on “गजल मुख्य विधा हो कि सहायक विधा ? [ गजल संवन्धी बहसमा भाग लिऔ ।] श्रृंखला – ३”

  1. केशुजीले राम्रो बहसको विषय
    केशुजीले राम्रो बहसको विषय निकाल्नुभयो । अहिले आएको गजलको भेलले हामीलाई पनि यो प्रश्नले झक्झक्याइरहेको छ । साहित्यिक सर्कलले लिएको निर्णयलाई मझेरीले स्वागत गर्नेछ ।
    गजलप्रेमीहरू र निस्पक्ष साहित्यप्रेमीहरूको बिचार अगाडि ल्याऔं ।

  2. ठिस बुढा

    रिसानि माफ होस ।
    शुक्रान ।

    रिसानि माफ होस ।
    शुक्रान ।

  3. ठिस बुढा

    नमस्कार ।
    पंकज उदास जिंदाबाद

    नमस्कार ।
    पंकज उदास जिंदाबाद !

    गजल जहाँ जन्मेको हो, त्याँकै मान्छेलाई सोध्नु भा छ कि ?
    तपाईको कुरो Blues के हो भन्या जस्तो भो । तिनिहरु जुम्लया जस्तै हो रे । शायद उत्तर त्याँ छ कि ?

    विकिपेडियामा छ क्यारे सुहाउँदो उत्तर ।

    मैले जान्या – मुखले पढे कविता, माईकमा चिच्याए गित । एक पल्ट सुन्दानै अर्थ बुझे गित, नत्र कविता । यै लोकको कुरो गरे गित नत्र कविता ।

    के हो त गजल ?
    ईतिहास जे सुकै होस – टाउको दुखाई अरुनै छ ।
    अनि कविता र गित फरक हो । कविता कैले गित बन्दैन र गित कैले कविता बन्दैन् ।

    गजललाई गित र कविता भन्दा फरक हुनु पर्यो रे !
    ठिक छ, कारण जे सुकै होस…

    मेरो बुझाई:
    गजल – गित र कविता केहि नि होईन् । फरक हो ।

    किन भने:
    गितको फ्रेम हुन्छ, त्याँ गजल अटाउँदैन् । पक्का संगितकारलाई सोधे हुन्छ यो बारे । intro, Chorus, verse, bridge, middle eighth, tag, outro – गजलमा हुन्दैन् तर गितमा हुन्छन ।

    गजललाई कविता भन्ने हो भने जगजित सीँहले गाएर कमाउँदै छन् । म भन्दा जान्ने बुझ्ने होला वहाँको दाँया बाँया । [ शायद त्यसैले Couplet हरुलाई २ चोटि गाउँछन् । एक चोटिमै अर्थ बुझ्दैन भनेर होला । ]

    टाउको दुखाई:
    गजलको आफ्नै फ्रेम छ । शब्दमा दुख हुनु पर्छ रे, बियोग हुनु पर्छ रे … हरेक लाईनले पुर्ण अर्थ दिनु पर्छ रे, मतल्ला, रादिफ, कम्पलिट फ्रेजिंग आदि ईत्यादि … यस्को कारणले गजल – गित र कविता केहि नि होईन ।

    मेरो बुझाईमा गजल फरक हो । शायद गित र कविताको “सिरियस” छोरि होला ।

  4. गजल जति प्रिय बन्दै छ र जति
    गजल जति प्रिय बन्दै छ र जति धेरै मात्रामा लेखिदै छ त्यत्ति नै कुरूप हुने संभावनालाई दृष्टिगत गरी चालिएका यस खाले आन्दोलनलाई स्वागत गर्नु आवश्यक छ
    बहसमा सबै चिज राम्रै आउँछन् भन्ने छैन
    कुरूप बनाउने प्रवृतिका कुरा आएमा जानिफकारहरूले सही दिशानिर्देश गर्नु आवश्यक छ

    गजल फ्रेममा त हुनुपर्छ
    यसो भन्दैमा कसिलो शास्त्रियनीति नै यसमा लागू हुनुपर्छ भन्ने छैन
    भावसम्प्रेषणमा सहजता आउने खालको हुनु जरूरी देख्छ

  5. बहसमा भाग लिनका लागि कि
    बहसमा भाग लिनका लागि कि जिज्ञाशा कि ज्ञान हुनुपर्छ
    अनुरागीहरूको मनमा एकप्रकारको भावनाले चिमोटिरहेको हुनुपर्छ
    त्यो अवस्था आउन ठेस लाग्नु आवश्यक छ
    त्यस प्रकारको अवस्था सिर्जना विरलै भएका छन्
    नवसर्जकले यदाकदा फ्रेम तयार गर्न खोजे पनि कोचामकोच शब्द भर्न खोजेको आभाष भएका एकाध उदाहरणहरू यदाकदा देखिन्छ तर जो प्रतिभाशाली छ
    उसले सुधार गर्दै गएको देखिन्छ
    सायद यस्तै खाले बहस र जानकारीमुलक लेखहरूको प्रभाव हुनसक्छ
    गजल जति प्रिय बन्दै छ र जति धेरै मात्रामा लेखिँदै छ त्यत्ति नै कुरूप हुने संभावनालाई दृष्टिगत गरी चालिएका यस खाले आन्दोलनलाई स्वागत गर्नु आवश्यक छ
    बहसमा सबै चिज राम्रै आउँछन् भन्ने छैन
    कुरूप बनाउने प्रवृतिका कुरा आएमा जानिफकारहरूले सही दिशानिर्देश गर्नु आवश्यक छ

    गजल फ्रेममा त हुनुपर्छ
    यसो भन्दैमा कसिलो शास्त्रियनीति नै यसमा लागू हुनुपर्छ भन्ने छैन
    भावसम्प्रेषणमा सहजता आउने खालको हुनु जरूरी देख्छ

  6. केशु विरही लगायत गजलानुरागी
    केशु विरही लगायत गजलानुरागी मित्रहरूमा एक अनुरोध

    गजल स्वतन्त्र विधाको रूपमा कहलिन यसमा थुप्रै विशेषता हुनु आवश्यक छ
    जुन कुरा यसले धारण गरेको हुनुपर्छ
    त्यस्ता विशेषताहरूमा के देखिन्छ भने-
    यसले कविता गीत दुबैलाई बोकेको छ
    अर्थात् कविता पनि छ
    गीत पनि छ
    तर गीतजस्तो सरलतामा बगेको छैन
    कविताजस्तो जटिलता र तम्बेतानमा तेर्सिएको छैन
    हृदयलाई छुने भाव छ
    कोमल शब्द छन्
    आँखामा राखे पनि नबिझाउने शब्द सांलिएर माला बनेको छ
    त्यो माला विरहको
    उत्साहको
    क्रोधको
    आदित्यादि जेको पनि हुन सक्छ
    जतिसुकै नमीठो भनाइ पनि मीठो पाराले भन्ने क्षमता हुन्छ
    जसले पढ्दा
    गाउँदा
    भित्री हृदयलाई नछोई छाड्दैन
    किनभने यसको शरीर मस्तिष्कबाट निस्केका शब्दले हैन
    हृदयबाट जन्मेका शब्दले बनेको हुन्छ
    हो त्यही हो गजल !!!

    बहसमा सबै चिज राम्रै आउँछन् भन्ने छैन
    कुरूप बनाउने प्रवृतिका कुरा आएमा जानिफकारहरूले सही दिशानिर्देश गर्नु आवश्यक छ !!!
    भन्नजस्तो सजिलो छैन
    शब्द थुपारेर फ्रेम बनाउदैमा हुन्न
    लय, भावयुक्त, स्वतन्त्र अर्थ सम्प्रेषक सबै हुनुपर्छ गजल !!!

    मन खोलियो
    विचार पोखियो
    प्रतिक्रियाको प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा सहित जदौ !!!

    [email protected]

  7. गजल संवन्धी बहस [श्रृंखला –
    गजल संवन्धी बहस [श्रृंखला – 4]

    संपूर्ण मित्रहरुले उठाउनु भएका सपूर्ण सवालहरुलाई यो बहसले अति महत्वका साथमा हेरेको जानाकारी गराउन चाहाँन्छु । बहसलाई व्यवस्थित गराउनका लागि यहाहरुको सल्लाह एवम् सुझाव मनन योग्य रहेकोमा कसैको दुई मत छैन । मेरो पनि यही वुझाई हो । तपाईहरुकै सुझाव र सल्लाहकै भरमा मात्र यो अभियानले सही गति लिन सक्ने कुरामा कसैको दुई मत छैन । तपाईहरुले उठाउनु भएका सवालहरु कतै न कतै यो अभियानको अबधारणा पत्रमा समेटिएको जानाकारी गराउन चाहाँन्छु । त्यस्तै तपाईहरुका यस्तै सुझाव र सल्लाहाको आसामा छु । र सधैं रही रहने छु । साथै संपूर्ण सहभागी महानुभावहरुलाई सकृय सहभागिता जनाउनु हुन अनुरोध गर्द छु । अन्त्यमा सहभागिहरुलाई आफ्नो पुरा नाम र इमेल ठेगाना पनि आफ्नो सुभावमा लेखिदिनु हुन अनुरोध गर्दछु । साथै तपाईहरु सोझै मेरो इमेल ठेगाना [email protected] मा पत्रचार पनि गर्न सक्नु हुने छ ।

    यो बहसको उद्देश्य भनेको निम्न लिखित रहने छ

    १ यो सार्वजनिक बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको प्रचार प्रसार गर्नु । नयाँ तथा सिकारु गजलकारका लागि गजलको सिद्धान्त र संरचनाको वारेमा जानाकारी गराउनुका साथै गजललाई शिष्ट तथा मर्यादित वनाउन एउटा अभियान संचालन गर्नु पनि हो ।

    २ नेपाली गजल स्थापना कालको यती लामो समय वितिसक्दा पनि यसमा थुप्रै दुविधाहरु विध्यमान छन । थुप्रै सवालहरु उब्जिएका छन । जस्को कारणले गजलको स्तरवृिद्ध हुन सकेको छैन । यो बहसले ती तमाम दुविधाहरुको खोजी गरी तिनीहरुको निराकरणको वाटो पहिल्याउन प्रयाश गर्ने छ ।

    ३ यॊ अभियानले गजल संवन्धी प्रचार प्रसार गरी सकारात्मक धारणाको विकाश गर्ने छ । बहसको क्रममा आएका तमाम जिज्ञासा वा सवालहरुलाई गजलका विज्ञ सामु प्रस्तुत गर्दै बहसको क्रममा आउने र आउन सक्ने विवादित कुराहरुलाई सामूहिक रुपमा र छलफल गरी त्यसको निचोड निकाल्न प्रयास गरिने छ । यहाँ सवालहरु भन्नाले गजलको विधागत सवाल भाषिक जटिलताको सवाल गजलमा पछिल्लो समयमा देखिएका प्रयोगहरुको सवाल गजलको परिभाषाको सवाल गजलमा परिस्कारको सवाल आदि पर्छन ।

    ४ यस बहसले नेपाली गजलमा कलम चलाउने वा गजललाई माया गर्नेहरुका वीचमा एउटा पुलको काम गर्ने छ । गजललाई माया गर्नेहरुलाई एउटा पारिवारिक संवन्ध वनाउनमा सहयोग पुर्याउने छ । नेपालमा मात्र नभएर नेपाल वाहिर छरिएर प्रवासमा रहेका नेपाली गजलकारलाई एउटै सुत्रमा वाध्नका लागि एउटा अभिभावक संस्था राष्टिय गजल प्रतिष्ठानको निर्माणमा जोड दिइने छ । त्यस्का लागि आदरणीय अग्रज गजलकारसंग वसेर छनफल गरी निचोडमा पुग्ने यस्को लक्ष रहेकॊ छ । जुन प्रतिष्ठानले देश विदेशमा छरिएर रहेका तमाम गजलकारलाई एउटै मालामा उनी सवैलाई गजलको परिस्कार आन्दोलनमा समायित गरिने छ । जसले गर्दा गजल विरुद्ध हुने सवैखाले गतिविधीको एक जुट भई डटेर सामना गर्न अभिप्रेरित गर्ने छ ।

    ५ यस अभियानको मुख्य उद्देस्य भनेको नेपाली गजलको उत्थान तथा संवर्धन नै हो । यसमा गजल संवन्धी सहभागीकै धारणा स्थापित गरी ती धारणालाई सवै सामु पुर्याउनु पनि हो । अनलाइन अर्थात इन्टरनेटकॊ माध्यमबाट गजल प्रेमीका धारणा साटासाट गराउनु तथा ती वीचारहरु सवै सामु पुर्याउनु पनि हो ।

    ६ बहसमा पुराना तथा स्थापित गजलकारहरुलाई स्वागत गर्ने तथा उहाँहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ तथा सिकारु गजलकारका लागि चाहिने सैद्धान्तिक खुराक उपव्ध गराउदै जाने र गजल लेखनमा देखा परेका समस्या वा अन्योलहरु । सैद्धान्तिक ज्ञानको अभावमा हुन सक्ने समस्याहरु अर्थात गजलका नाममा प्रकाशित हुँदै आएका पजलहरुको विरुद्ध सचेत गराउनु पनि हो । यसका लागि आवस्यक पर्ने केही नमुना उदाहरण पनि उपलव्ध गराइने छ । जस्ले गर्दा नयाँ तथा सिकारु गजलकारलाई गजल सिर्जनामा सहयोग पुग्ने छ । गजलको नाममा पजलको सिर्जना हुनबाट वच्न मद्धत मिल्ने छ ।

    ७ नेपाली गजल संवन्धी बहस गजलमा परिस्कारको आन्दोलन संचालन गर्दै आएका संघ संस्था व्यक्ती तथा पत्र पत्रिकाहरु वीच सहकार्य गर्दै उनीहरुसंग सह- अस्तित्वको भावनाका साथ यो अभियानलाई अगाडि वढाइनॆ छ ।

    ८ अन्त्यमा अनलाइनको साथसाथै स्थानीय क्षेत्रीय तथा राष्टिय स्तरमा गजल संवन्धी खुल्ला बहसको आयोजना गरिने छ । यसरी खुल्ला रुपमा बहसको आयोजना गर्दा त्यस क्षेत्रमा स्थापना भएका गजल संग संवन्धी विभिन्न संघ संस्थाहरु गजलकारहरु संग सहकार्य गरिनेछ ।

    ९ अन्त्यमा यही अभियान संवन्धी सवैको धारणा समिटिएर एउटा छुट्टै बहस संवन्धी पुस्तक तयार गरिने छ ।

  8. तपाईको वुझाई सही हो । म
    तपाईको वुझाई सही हो । म तपाईको सकि्रयतालाई सलाम गर्न चाहन्छु

  9. धन्येबाद !
    हजुरहरुको

    धन्येबाद !
    हजुरहरुको सहयोग म जस्तो भुईफुट्टेलाई अम्रित हुने नै छ ।
    गजल के हो चिन्ने प्रयास गर्दै छु । बाटो देखाउँदै जानु होला ।

    धन्येबाद !

    गजल बिधा संबन्धि कुनै किताब नेपालिमा भए पढ्ने रहर जागेको छ ।

    शुभकामना सबैलाई
    बाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *