Skip to content

सुन्दैछु म नेपालमा जताततै किल्ला गाडिदैछन् अरे


सुन्दैछु म नेपालमा जताततै किल्ला गाडिदैछन् अरे ।
आमाकी ती छोराहरू इर्ष्या भाव बोकी भाँडिदैछन् अरे ।

थाहा छैन कसैलाई इलमडांडामा भारतले गाड्यो किल्ला
भारतीय खैरे कुत्ता बिगबिगी पहरा छाडिदैछन् अरे ।

नेपालमा दाजुभाइ राप्रपा, कांग्रेस, नक्कली कम्युनिस्ट
बाठा टाठा ठगी खाने गरीब निमुखा फाँडिदैछन् अरे ।

जन्मघर, कर्मघर, हुर्केको सहर, ब्वाँसोको आँखा लाग्यो
घर न घाट, बुढा बच्चा , गाउँ घरबाट, टाढिंदैछन् अरे ।

सुन्दैछु म नेपालमा जताततै किल्ला गाडिदैछन् अरे ।
आमाकी ती छोराहरू इर्ष्या भाव बोकी भाँडिदैछन् अरे ।

मिना बान्तवा “मृदु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *