Skip to content


म एक रातको कवि हु
जुन रात
मैले मनग्य कविता लेखें
तिम्रो सम्झनामा
पाना पल्ट्याउदै
त्यही विगतलाई
सम्झँदै सम्झँदै
जुन विगतमा
तिम्रो राम्रो उपस्थिति छ
त्यो अतित भन्नु नै
पूर्ण रुपमै तिमी हौ
तर कुनै कवितामा पनि
मैले कोरेन त्यो विगतको चित्र
हेला गरेर होइन त्यो विगतलाई
अपहेलना गरेर पनि हाईन
वरु मत सम्मान गर्छु
आदर भाव प्रकट गर्छु
त्यो भूतप्रति
जुन भूतमा तिम्रो र मेरो
रंगिन तस्विर अडिएको छ
खुशी र उमंग समेटिएको छ
आशा लाग्दो मुना रोपिएको छ
त्यही भूतमा
बुन्दै असंख्य सपना
चाहाना उब्ज्याउदै धेरै
विगत वित्यो त्यसरीनै
आज मेरो कवितामा
अतितले स्थान नपाएको
वर्तमानै प्रसस्त भएर हो की
सायद
आजको दिन एउटा
ऐतिहासिक दिन हो
केवल मेरा लािग
किनकि आजै बने
म एक रातको कवि ।

तिम्रो त्यो
कठोर निर्णयका पछािड
मेरा सपना
तुहेको देख्दा
जीवन र मरणको विचमा
यो मन कुहेको देख्दा
तिमीलाई सोध्न मन लाग्यो
धेरै प्रश्नहरू जुन प्रश्नको जवाफ
तिमी मात्र दिन सक्छौ
मलाई चित्त बुझाउने गरी
तर कठै तिमी आफै
मौन छौ किनहो कुन्नी
एक शब्द उच्चारण गर्न पिन
सागर तर्नु भन्दा पनि
गाह्रो मानेर तिमी त
त्यसै त्यसै लाटिएकी छौ
तिम्रै मौनताको कारणले
आज बन्दै छु केवल
म एक रातको कवि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *