Skip to content


म मरेको पल तिमी डोली चढ्नू
हर्ष आँसु झार्दै रोएजस्तो गर्नू
दुखेजस्तो गर्नू
म मरेको पल तिमी डोली चढ्नू

विश्वासको मन्दिर भत्काइदिन सक्थ्यौ
ढलाइदिन सक्छौ
आश्वासनको बाचा बदल्दिन सक्थ्यौ
भुलाइदिन सक्थ्यौ
निरस यो सपना रित्तो छ जीवन
बदनामी पिंजडा कैदी छ यो मन
म मरेको पल तिमी डोली चढ्नू

व्याथालाई समेटी बिस्मृतिमा बस्छु
उदासीमा डुब्छु
रंगिएको सिउँदो भ्रान्तिभित्रै रुन्छु
तरंगमा झुम्छु
सुकेको पलाँसलाई वसन्तले के भो
यो पागल तिमीले नचिने नि भैगो

शब्द – वीरेन्द्र राई
स्वर, संगीत – सुरेश अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *