Skip to content

के दिऊँ चिनो हे मेरी माया आँसुको तरेली


के दिऊँ चिनो हे मेरी माया आँसुको तरेली
सुकेनन् कहिल्यै तिमीलाई सम्झी मेरा यी परेली ।

अर्काको माटो टेकेर मैले जीवन चाल्दै छु
सम्झेर तिम्रो आँखामा आँसु जीवन गाल्दै छु
के गरौ मैले सम्झेर तिमीलाई बन्धनमा परे नि
के दिऊँ चिनो हे मेरी माया आँसुको तरेली ।

अर्काको माटो टेकेर अब कतिन्जेल बाँचु म
मुटुमा पीडा बोकेर भन कसरी हाँसु म
सँगैका साथी गाउँमै बसी रमाए होला नि
के दिऊँ चिनो हे मेरी माया आँसुको तरेली ।

प्रीतको चिनो छोडेर आए फुलाउनु पर्छ है
सुवास दिने बनाइ हाम्ले खुलाउनु पर्छ है
बेदना भयो मुटुमा मेरो तिमीलाई खोले नि
के दिऊँ चिनो हे मेरी माया आँसुको तरेली ।

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल:बहराइन,
२०६७/८/६

Leave a Reply

Your email address will not be published. Required fields are marked *