Skip to content

मेरो शान्त जिन्दगी

  • by


मेरो शान्त जिन्दगीमा कसले हल्ला चलायो
कहिल्यै नउठ्ने छाल पनि उर्लेर भेल आयो

पत्थर भइस् भन्दथे तेरो छैन केही मोल
मेरो मूल्य आउने गरी कसले छिनो चलायो

को चिन्दथ्यो र यसलाई भीडमा अनि बजारमा
साँच्चै सबको आँखाको नानी कसले बनायो

कहिल्यै नबज्ने साज बनी लडेथें कुनै कुनामा
तर आज सुर भरेर कसले मलाई सजायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *