Skip to content

मेरो हेरेकि लभ अनि बोलेकि ट्रेजिटी


मेरो हेरे कि लभ, अनि बोले कि ट्रेजिटी
मेरो कस्तो भाग्य, अनि कस्तो जिन्दगी
तर अँझै नजरले सिर्फ पातली खोज्छ
अलि-अलि उत्ताउली कुमारी नै रोज्छ ॥

मेरो कस्तो भाग्य, अनि कस्तो जिन्दगी
मेरो हेरे कि लभ, अनि बोले कि ट्रेजिटी ॥

बैँक लुटेर लुटाउनु पर्ने हो कि,
जिम गएर सिलिम हुनु पर्ने हो
अब एक्लै बाँच्न गार्हो भो,
अनि एक्लै सुत्न जाडो भो ॥

मेरो कस्तो भाग्य, अनि कस्तो जिन्दगी
मेरो हेरे कि लभ, अनि बोले कि ट्रेजिटी ॥

मैलै मन्दिरमा भाकल राखेकै छु
एउटी फसोस भनी ब्रत बसेकै छु
तर फसाउने जादु सपनै रह्यो
अब माला जपेको पनि जुग भयो ॥

मेरो कस्तो भाग्य, अनि कस्तो जिन्दगी
मेरो हेरे कि लभ, अनि बोले कि ट्रेजिटी ॥

सायद चाहना नै मेरो दुषित छ कि…

मेरो कस्तो भाग्य, अनि कस्तो जिन्दगी
मेरो हेरे कि लभ, अनि बोले कि ट्रेजिटी ॥

http://forum.mazzako.com/index.php?topic=28609.0

1 thought on “मेरो हेरेकि लभ अनि बोलेकि ट्रेजिटी”

  1. ठिस बुढा

    थेँक यु सच्चाईदिनु भएकोमा ।

    थेँक यु सच्चाईदिनु भएकोमा ।
    करोड कमाए जस्तो भो ।
    🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *