Skip to content


काखमा नानी च्याब्दै उनी,
रुदै थिइन् छुड्नु पर्दा,
एउटै मुटु, एउटै ज्यान
गरीबीले टुट्नु पर्दा ।

एक दिन अघि रमाउदै थिइन्
गयो भन्दै दु:खको दिन्,
सम्झ्यो होला, बिछोड्को पल,
निरास थिइन् फुट्नु पर्दा ।।

काखमा नानी च्याब्दै उनी,
रुदै थिइन् छुड्नु पर्दा ।।।

झुली कोम्लो मिलाउदै थिइन्
गह्रुङ्गो मन लिदै उनी,
कति मुटु दुख्यो होला,
आफ्नै खुशी लुट्नु पर्दा ।

काखमा नानी च्याब्दै उनी
रुदै थिइन् छुड्नु पर्दा,
एउटै मुटु, एउटै ज्यान
गरीबीले टुट्नु पर्दा ।

राजेश रुम्बा लामा “अतृप्त्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *