Skip to content

क्रान्तिवीर

  • by


निष्कण्टक मलय पवित पुष्प वृक्ष
निकम्मा निशाभर धराको नूतन निशाकर
नग्न गाथाको एक विप्लवी मानव
शैल झैँ अटल यो दृढ प्रतिज्ञ्य
यो क्रान्तिवीरको वीरावरण ।

माटोको घेरा जोड्ने
अन्धभोकमा चिढिएको
माटोको स्तनमर्दनको भारा जोड्न
मान्छेहरूकै मान्छे टोक्ने
कुत्सित पाशविकताले च्यातेको मानव
यो क्रान्तिवीरको वीर हुनै सक्दैन ।

आँखा भई चिम्ली हिड्ने
आफ्नो चोक्टा माहाप्रलय
अरुहरूको सोमरस चटनी
सगरमाथा चुम्ने नियतमा
मुकहरूको हिर्दोक भर्याङ्ग
यो क्रान्तिवीरको क्रान्ति हुनै सक्दैन ।

रुनेहरूको आँशुबाट
मुख धोई सन्ध्यामा
भट्टिभित्र माइली/कान्छीको
यौवन लुट्ने ध्रुतसँग
मुख जोड्ने व्याधीहरू
यो मान्छे बोक्ने क्रान्ति हुनै सक्दैन ।

मान्छेहिन जल्लादहरू
अधिभूतले मात्तिएर
मनुस्मृतीका तार चोर्नेहरू
जनवेदीको आँधीबेहरी ल्याई
शेर बन्ने दुर्नियतमा
आँखाभरी सपनीको प्यास बोकी
विपनीमा विकृतीको चिहान खन्नेहरू
यो क्रान्तिकर्मको सहचर बन्नै सक्दैन ।

बचेरी/बबुरोको प्यास मेट्न
बिजुली झैँ बल्ने चरी
छिमेकीको दुर्दशामा
नाङ्गो नाचको वितण्डा रची
कुलवैरत्वको झ्याली पिट्ने
खैराँते त्यो जीवनमुनि
जनरञ्जनको अफवाह फुक्ने
नूतन अचलाको ध्येय कहिल्यै भेटिन्न ।

देहाती झुपडीको संघारमा
घुम्टो ओढ्ने जगच्चक्षु
आफ्नै विलासी दुन्दुभिभित्र
अगम्य जनको चिहान माथि
जिउँदो सालिक बनी गुटिका हाँक्न
किन्चित शरम छाडा किम्मतीहरू
अथाहा प्यास बोक्ने काकाकुल हुनै सक्दैन ।

शास्शास्त्र रट्ने शिरोमणीहरू
गोरु झैँ मान्छे लडाइ
मान्छे माथि छाँद लगाई

एक्सन ‘कट’को ताण्डब रची
विवेक बन्धनको डोरी कस्ने
राज छेमको चीरसञ्चित सपना बोक्ने
निरिह, जातिविमूख, दुसाधहरू
मान्छे खोज्ने क्रान्तिवीर हुनै सक्दैन ।

कोरा मानव थुप्रोमाथि
रङ्ग—भङ्ग र दङ्गको आवरण देख्ने
समदुरीको अन्तर्मनको चित्कारलाई गुहार नदिई
दानवी सिमाङ्कनको सम्प्रभुत्वमा साँध्ने
मान्छे बनेर नबाड्ने त्यो
अघोरी निहोरा माथि
मान्छे हेर्ने वीरता बस्नै सक्दैन ।

निष्कण्टक जनआसक अभिरु
खुला किताबी हृदयपथका
सहज जोडाइका पथिकहरू
समरेखाका चरम तन्देहहरू
सम चाहा र स्वार्थका अब्धी कटकिन्दारी
पुष्प जडित मनमञ्जरीमा
विशाल तृष्णाको गगनमण्डल बोक्ने
कठोर त्यागी, अब्बल ओजस्वी
शितलता बाँड्ने छहारीमा
तुफान बोक्ने वीरहरू
आफ्नै रगत पिइ प्यास मेट्ने
उर्वर विरासतका हिमायितीहरू
समग्र युग निल्ने विप्लवीहरू
मान्छे खोज्न मान्छे बोक्ने
युगभरका हुन ती क्रान्तिवीरहरू ।

कोही क्रान्ति निश्वार्थको गर्भमा लुक्दैन
मान्छे भन्दा माटो खोज्नेहरू,
असली सारमा क्रान्तिवीर हुनै सक्दैन ।

आर पी श्रमिक
जिलिङ—९, नलगाउँ, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *