Skip to content

रेखा कविता- ९ : आँधी छेक्ने गुलाब

  • by


ए गुलाब !
मलाई तिम्रो
सौन्दर्य इष्यर्या लाग्छ
फक्रेको यौवन लोभ लाग्छ
मुस्कान पीडा लाग्छ
सहनशीलता क्रोध लाग्छ
किनभने म मान्छे हुँ ।

ममा तिम्रो गुण छैन
तिमी गुलाबी गुणले सुखी छौँ
मलाई तिम्रो सुख जलन लाग्छ
म गुलाब हुने कोशिश गर्छु
तर म सक्दिनँ
किनभने म मान्छे हुँ ।

ए गुलाब !
तिमी मुस्कुराएर आँधी छेकिरहेको देख्छु
हृदय खोलेर चट्याङ स्वागत गरिरहेको देख्छु
तिमी मान्छेभन्दा महान छौँ
किनभने तिमी सबै सबै खुशीसाथ सहन सक्छौ
ए गुलाब !

Leave a Reply

Your email address will not be published. Required fields are marked *