Skip to content

भन्दिन म तिमीलाई (गजल)


कुरा केही मायाको सुनाएर गयौ,
भन्दिन म तिमीलाई रूवाएर गयौ

जस्तो थिएँ खुसी थिएँ आफ्नै संसारमा
केही पल खुसी बनाई दुखाएर गयौ

सिक्दै थिएँ ज्यूनलार्इ मैले जसोतसो
पिरतीको नाटक रची झुक्काएर गयौ

देखिरहन पाउँ तिम्रो हाँसो अजम्बरी
मेरा सबै खुसी जति कुम्ल्याएर गयौ

1 thought on “भन्दिन म तिमीलाई (गजल)”

  1. ठिस बुढा

    नीराजन शिरीष
    शुरुका २

    नीराजन शिरीष
    शुरुका २ Couplets सार्है राम्रो छ, Rhythm छ, दमदार छ ।
    शुभ यात्रा ।
    शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *