Skip to content

खिरैखिरमा परे म त


त्यो नजरको हेराइ कस्तो तिरैतिरमा परे म त
प्रेम पहाडको यात्रा मेरो भिरैभिरमा परे म त ।

काच खोपिएर खुले बाटा राखौ पाइला म कसरी
तिखा नितम चुम्ने रहर झिरैझिरमा परे म त ।

फल पनि फल्यो अप्ठ्यारोमा टिप्न जान्छु भन्दा
दुई दाना अघि कस्ले लियो गिरैगिरमा परे म त ।

टिप्नु हुन्न अप्ठ्यारोको फल चिप्लिनुलाई के बेर
मन मान्दैन फेरी एकातिर पिरैपिरमा परे म त ।

दु:खी छैन यो जीवन दुई चार दाना फल नपाउ
सुन्छु आज तितो थ्यो रे खिरैखिरमा परे म त ।

www.dcnepal.com- बुद्धी मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *